पाकेको धान बोटमा नै उम्रिन थाले पस्चात किसान चिन्तित
सिन्धुली/पाकेको धान बोटमा नै उम्रिन थाले पस्चात किसान चिन्तित भएका छन् । गत बिहिबार देखि परेको अविरल वर्षाको कारण पाकेको धान खेतमा नै उम्रिन थाले पछि किसान चिन्तित भएका हुन ।
सिन्धुलीका अधिकाँश स्थानमा धान तिहार अघि नै पाकिसकेका थिए । केहिले तिहार अघि नै धान घरमा भित्र्याइ सकेका छन् ।बाकि रहेको किसानको धान अहिले भने केहि उम्रिन थालेको त केहि कुहिएर काम नलाग्ने भएको छ ।
समयमै पानि नपर्दा किसान लाई धान रोप्न निकै समस्याभई रहेको थियो । जसतसो फलायको धान पनि बेमौसमी पानीको कारणले गर्दा बिग्रिए पस्चात किसानहरु अहिले निकै मारकामा परेका छन् ।
जिल्लाको अधिकांश स्थानमा परेको झरीले भित्र्याउन भनेर ठिक्क पारेको धानमा ठूला क्षति पुगे पछि निकै दुखलागिरहेकोे कमलामाई नगरपालिका ४ का सानुमाया आछामेले सिन्धुली खबरलाई बताउनुभयो । उहाँको आठ कठ्ठा रहेको धानमा केहि उम्रन थालेका छन् ।त केहि धानका बोटहरु ढलेका छन् ।
त्यस्तै सोहि ठाउँका अर्का स्थानिय साइला रम्तेल भन्नु हुन्छ एक हप्ता पछि पानि परेको भए मात्र पनि हामीलाई निकै राहात मिल्मे थियो । घरमा ७ जनाको परीवार छौं धानको आस थियो त्यो पनि रहेन अब भन्दै उहाँले दुख व्यक्त गर्नुभयो ।


