देउँसी भैलो समापन कार्यक्रम सम्पन्न

सिन्धुली/न्यू साँस्कृतिक युवा क्लव झुँगाखोला तीनपाटन–१ बेलघारीले देउँसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

क्लवका अध्यक्ष सन्तोष समालको अध्यक्षतामा बिहिबार साझ एक कार्यक्रम क्लवको आफ्नै घरमा सम्पन्न गरिएको थियो ।

झुगाँका स्थानियहरुको बाक्लो उपस्थितिमा भएको कार्यक्रममा २०८२ सालको दिपावलीको अवसरमा भडार, देउराली, तीनतले झुगाँ लगायत टोलहरुमा देउँसी खेली ६६ हजार ८ सय २० रुपैया संकलन भएको आयोजकले जानकारी गराईएको थियो ।

देउँसी कार्यक्रममा धेरै दान दिने क्रमशः प्रथम–ईश्वर राना द्धितीय– गोविन्द राउत र तृतिय गोपाल बुढाथोकीलाई सम्मान गरिएको थियो । त्यस्तै देउसी भैलो कार्यक्रममा भट्याउन, मादल बजाउन तथा विषेश सहयोग पु¥याएको भन्दै क्रमशः स्याम बहादुर वि.क., राम बहादुर खड्का र शिवजी हमाललाई मायाको चिनो वितरण गरिएको थियो ।

कार्यक्रममा गत साल २०८१ सालको देउँसी भैलो कार्यक्रममा बढी दान दिने दानदाताहरु क्रमशः प्रेम काकी, राजेन्द्र कार्की र सन्तोष समाल लाई पनि सम्मान गरिएको थियो ।

क्लवको स्थापना काल देखि हाल सम्म देउँसी भैलो कार्यक्रमबाट संकलित रकमले बिबाह भोज भत्तेरमा प्रयोग गरिने ठुला तथा साना भाडा, टेवल कुर्सी टेन्ट तथा क्लवको आफ्नै घर समेत निर्माण गरिसकेको छ ।

त्यसै गरी बेला बेला विपत्ती आईपरी अप्ठेरोमा परेकाहरुलाई पनि सहयोग गर्दै आएको छ । यो सालको संकलित रकम पनि सामाजि कार्यमै खर्च गरिने न्यू साँस्कृतिक क्लवका अध्यक्ष समालले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *