७० औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम

सिन्धुली/जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आज ७० औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरको छ ।
आज बुधबार सो अवसर पारेर प्रहरीले नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको हो । सो अवसरमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, सर्वसाधारण ३५ जनाले रक्तदान गरेको थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीको अनुसार नेपाल प्रहरीले जनतालाई दिने सेवा संगसंगै आपत विपद्मा समेत रगत आवश्यकता हुने भएकोले सो समस्यालाई मध्यनजर गरेर रक्तदान कार्यक्रमको आयोनजा गरेको बताउनुभयो ।
सयम समयमा बिभिन्न अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरीरहेको समेत उहाँले बताउनुभयो । सुवेदीको अनुसार आउदो ३१ गते दिवस अवसरमा प्रहरी कार्यालयले प्रहरीहरुको उपस्थितीमा श्रदाञ्जली सभा कार्यक्रमको समेत आयोजना गरीएको छ ।