हरिहरपुरगढी गाउँपालिकामा भोली सार्वजनिक विदा

सिन्धुली/हरिहरपुरगढी गाउँपालिकामा भोली सार्वजनिक विदा दिने भएको छ । राई समुदायको मुख्य पर्व आउताबाबु औँसीको अवसरमा हरिहरपुरगढी गाउँपालिकाले आइतवार स्थानीय बिदा दिने भएको हो ।
गाउँपालिकाले सनिवार एक सूचना जारी गर्दै भोली अर्थात आइतवार बिदा दिने जानकारी दिएको हो । पालिकाको अनुसार भोली गाउँपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, विद्यालय तथा अन्य शिक्षण संस्थाहरू, बैंक तथा वित्तीय संस्थाहरू र अन्य सार्वजनिक संघ–संस्थाहरू बन्द रहने उक्त सुचनामा प्रकाशन गरीएको छ ।
साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण राई समुदायलाई आउताबाबु औँसी पर्वको अवसरमा पालिकाले सुचना मार्फत शुभकामना समेत व्यक्त गरेको छ ।
आउताबाबु औँसी पर्व राई समुदायको मौलिक संस्कृति झल्काउने महत्वपूर्ण चाड हो, जसमा पुर्खाहरूको स्मरण, संस्कार र सांस्कृतिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिइन्छ ।