सिन्धुलीमा मनाइयो संविधान दिवस

सिन्धुली/जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शुक्रबार एक औपचारीक कार्यक्रक बिच संविधान दिवस २०८२ मनाएको छ ।
प्रशासनले आज झण्डोत्तोलन गरी सलामी दिएर संविधान दिवस २०८२ मनाएको हो ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा भएको झण्डोत्तोलन कार्यक्रममा सम्पुर्ण कार्यालका प्रमुख तथा प्रतिनिधिहरु सुरक्षाकर्मीहरु, प्रशासनका कर्मचारीहरू लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
झण्डोत्तोलनपछि प्रमुख जिल्ला अधिकारी भुसाल बोल्नु हुँदै सेवा प्रवाह चुस्त–दुरुस्त बनाएर सुशासन कायम गर्याे भने देशमा शान्ति स्थापन गर्न सकिने बताउनुभयो । साथै भुसालले शान्ति र सुरक्षाको विषय सुशासनसँग प्रत्यक्ष रूपमा जोडिएको समेत बताउनुभयो ।
संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको थियो ।त्यस्तै २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गर्नुभएको थियो ।