हरिहरपुरगढी गाउँपालिकाले अदालथ र प्रशासनलाई एक/एक थान टबल, कम्प्युटर र प्रिन्टर हस्तान्तर्ण

सिन्धुली / सिन्धुलीको हरीहरपुरगढी गाउँपालिकाले संविधान दिवसको अवसर पारेर एक औपचारिक कार्यक्रम बिच जिल्ला प्रशासन कार्यालय सिन्धुली र जिल्ला अदालत सिन्धुलीलाई सामग्री हस्तानतरण गरेको छ ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्लाका सरकारी कार्यालयमा तोडफोड तथा आगजनी हुँदा कार्यालयको फर्निचर तथा अन्य सामग्री जलेर नष्ट भएको कारण पालिकाले आज सामग्री हस्तानतरण गरेको हो।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबा र प्रमुख प्रशासकीय अधिकृत तुलसी राम आचार्यले कार्यालयमै पुगेर एक थान टेबल, एक थान कम्प्यूटर र एक थान प्रिन्टर हस्तानतरण गर्नुभएको गाउँपालिकाले जानकारी दिएको छ।
त्यस्तै जिल्ला अदालत सिन्धुलीलाई पनि एक थान टेबल, एक थान कम्प्यूटर र एक थान प्रिन्टर हस्तानतरण गरिएको छ ।