बसले मोटरसाइकलाई ठक्कर दिदाँ एक जनाको मृत्यु, एक घाइते

सिन्धुली/सिन्धुलीमा आज मंगलबार बसले मोटरसाइकलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रेको भुल्लु गाउँपालिका ९ घर भई हाल काठमाडौँ महानगरपालिका ७ मा बसोबास गर्दै आएका १८ वर्षीय सौगात माझी रहेको छन्

आज दिउँसो २ बजेको समयमा बीपि राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका ९ नयाँबस्ती नजिकै बर्दिबासबाट कटारी जादै गरेको ग २ ख ११४१ नं. को बसले विपरीत दिशाबाट बर्दिबास तर्फ जादैँ गरेको बा १६ प ७३३६ नं. को मोटरसाईलाई ठक्कर दिदाँ माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सूवेदीले जानकारी दिनुभयो

सूवेदीका अनुसार टाउको र छातिमा चोट लागी गम्भिर घाइते भएका माझीलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको थियो।उनलाई दिउँसो साढे २ बजेको समयमा डाक्टरले उपचारको क्रममा मृत घोषणा गरेको हो।

त्यस्तै दुर्घटनामा घाईते हुनेमा मोटरसाईकल पछाडि सवार भारतका मोतिह्यारी घर भई हाल काठमाडौँ महानगरपालिका ७ बस्दै आएका १८ वर्षीय सागर आलम रहेका छन् । आलमलाई पनि टाउको र छातिमा चोट लागी अवस्था गम्भिर रहेकोमा हाल जिल्ला अस्पताल सिन्धुलीमा उपचार भईरहेको प्रहरीले जनकारी दिएको छ ।

त्यस्तै अहिले दुबै सवारी साधन र बस चालक महोत्तरीको बर्दीबास नगरपालिका ३ का ३८ वर्षीय चित्र बहादुर थापा मगरलाई ईलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएको छ । त्यस्तै घटनाबारे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनकारी दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *