निर्माण व्यवसायि संघ सिन्धुलीको अध्यक्षमा दाहाल निर्वाचित

सिन्धुली/सिन्धुली निर्माण व्यवसायि संघ सिन्धुलीको अध्यक्षमा उद्धब दाहाल निर्वाचित हुनुभएको छ।

सिन्धुली निर्माण व्यवसायी संघ को ९ औ जिल्ला अधिवेशनवाट दाहाल १२९ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ भने प्रतिस्पर्धी तुलसीराम श्रेष्ठ ८१ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत नारायण बरालले जानकारि दिनु भयो । अध्यक्ष पदका प्रत्यासि श्रेष्ठले अघिल्लो अधिवेशनमा उद्धब दाहाललाई नै हराएर अध्यक्ष निर्वाचित हुनु भएको थियो ।

आज भएको निर्वाचनमा २ सय १० मत खसेको थियो । मत परिणाम अनुसार पदाधिकारिमा दाहालको प्यानल नै निर्वाचित भएका छन्।  प्रथम उपाध्यक्षमा दाहालको प्यानलका फणिन्द्र पोखरेल २ मतले अनणतरले प्रतिद्वन्दि तेजबहादुर श्रेष्ठलाई पराजित गर्दै निर्वाचित हुनु भएको छ भने दितिय उपाध्यक्षमा दाहाल प्यानलका दिनेश कुमार दाहालका ६५ मत अन्लेतरले प्रतिद्वन्दि रमेश कमारलाई पराजित गर्दै निरणवाचित हुनुभएको छ ।

कोषाध्यक्षमा पनि दाहाल प्यानलका रूम बहादुर राई ६५ मत अन्तरले प्रतिद्वन्दि डिल्लि बहादुर श्रेष्ठलाई पराजित गर्दै निर्वाचित हुनु भएको छ । त्यस्तै सचिवमा पनि दाहाल प्यानलका किरण लामा १६ मत अन्तरले प्रतिद्वन्दि पवन कटुवाललाई पराजित गर्दै निर्वाचित हुनु भएको छ ।

सह-कोषाधणयक्षमा श्रेष्ठ प्यानलका चन्द्रप्रकाश श्रेष्ठले प्रतिद्वन्दि मनोज कुमार स्यान्तानलाई ४१ मत अन्तरले पराजित गर्दै  निर्वाचित हुनुभएको छ । खुल्ला  सदस्यहरूमा कुशल पोखरेल, दिपक कुमार थापा, धनबहादुर थिङ, मदनबहादुर खड्का निर्वाचित हुनु भएको छ । त्यस्तै महिला सदस्यमा सरिता राई र सुनिता गजुरेल निर्वाचित हुनु भएको छ । जनजाति सदस्यमा टेकबहादुर मानन्धर र युगबहादुर योञ्जन निर्वाचित हुनु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *