भन्सार छलि गरी ल्याईएको २ लाख ५० हजार बराबरको सामान बरामद

सिन्धुली/जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आज भन्सार छलगरी ल्याईएको २ लाख ५० हजार बराबरको सामान बरामद गरेको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टमा चेक जाँच गर्ने क्रममा प्रहरीले भन्सार छली ल्याईएको २ लाख ५० हजार ९ सय रुपैया बराबरको सामान बरामद गरेको हो ।

आइतबार दिउँसो ३ :१५ बजेको समयमा काकरभिटाबाट काठमान्डौतर्फ जादै गरेको बा ४  ख ६६७७ नं. को यात्रुवाहक हायसलाई चेकजाँच गर्दा प्रहरीले २ लाख ५० हजार ९ सय रुपैया बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिनुभयो।

सुवेदीका अनुसार १ लाख ६५ हजार २ सयको सादा कुर्था २ सय ३६ पिस, ३१ हजार २ सय बराबरको २६ पिस जडिवाला कुर्था, ४२ हजारको मिठाई र १२ हजार ५ सयको घिउ लगाएतको सामन सो हायसमा फेला परेको थियो।

उहाँको अनुसार बरामद गरिएको सामानहरु लाई इलाका प्रहरी कार्यालय भिमानमा ल्याई राखिएको छ। साथै आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाईने तयारी भईरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *