सिन्धुलीमा स्मार्ट हुलाक सेवा सुरू

सिन्धुली/सिन्धुलीको जिल्ला हुलाक कार्यालयमा आज आइतबार नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले स्मार्ट हुलाक सेवाको उद्घाटन गर्नु भएको छ ।

आइतबार एक कार्यक्रमका बीच कमलामाई नगरपालिकाका नगरप्रमुख पोखरेल, गोश्वारा हुलाक कार्यालय डिल्लीबजार काठमाडौंका प्रमुख हुलाक अधिकृत लिला बल्लभ न्यौपाने, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा जिल्ला हुलाक कार्यालय सिन्धुलीका कर्मचारी लगायतको उपस्थितिमा स्मार्ट हुलाक सेवाको उद्घाटन गरीएको हो ।

हुलाक अधिकृत कुमार थापाको अनुसार स्मार्ट हुलाक सेवा अन्तर्गत राष्ट्रिय परिचय पत्र तथा राहदानीको निःशुल्क अनलाइन फारम भरेर सेवाग्राहीलाई प्रिन्ट आउट प्रदान गरिने लगायतका व्यवस्था रहेको छ । साथै उहाँका अनुसार सेवा प्रवाहमा सहजताका लागी कार्यालयमा कम्प्युटर उपकरणसहित चार जना कर्मचारी समेत परिचालन गरिएको छ ।

त्यस्तै युटिलिटी पेमेन्टसँग सम्बन्धित कार्यविधि, निर्देशिका तथा परिपत्र प्राप्त भएपछि विद्युत टेलिफोन र खानेपानीको महसुल भुक्तानी सेवा समेत सुचारु गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *