स्याङतानको शवलाई अध्यक्ष वाईवाको पहलमा १० दिनमै ल्याइयो नेपाल

सिन्धुली/वैदेशिक रोजगारीको सिलसिलामा विगत चार वर्षदेखि युएई (दुबई) मा बस्दै आईरहेका हरिहरपुरगढी गाउँपालिका ४ घर भएका राजकुमार स्याङतानको कम्पनीमा काम गर्ने क्रममा लडेर घटनास्थलमै मृत्यु छ ।
घटनास्थलमै मृत्यु भएको स्याङतानको शव लाई आज बुधवार विहान ९ बजे हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइवाको पहलमा स्वदेश ल्याइएको छ ।
स्याङतानको कम्पनीको काम गर्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको थियो । अध्यक्षको अनुसार शवलाई आज १० दिनको दिनमा नेपाल ल्याइएको । १० दिनमा शवलाई नेपाल ल्याउन निकै कष्ट भएको अध्यक्ष वाइवाले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।
साथै उहाँको अनुसार विभिन्न संघ–संस्था र नेपाली दूतावाससँग समन्वय गरी शवलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएर आफन्तको जिम्मा लगाइएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइवाले जानकारी दिनुभयो ।
शवलाई आज विहान अध्यक्ष वाइवा विमानस्थलमै पुगेर पालिकाको एम्बुलेन्समार्फत स्याङतानको घरसम्म पु¥याएको पालिकाले जानकारी दिएको छ ।