मालपोत कार्यालय सिन्धुलीद्धारा साढे दश करोड भन्दा बढि राजस्व संकलन

सिन्धुली/मालपोत कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८१/८२ मा साढे दश करोड भन्दा बढि राजस्व संकलन गरेको छ।

गत आर्थिक वर्षको साउन देखि असार मसान्तसम्मा कार्यालयले १० करोड ५३ लाख ७४ हजार ३ सय ५६ रुपैयाँ राजस्व संकलन गरेको मालपोत कार्यालय सिन्धुलीका सूचना अधिकारी राज कुमार प्रसाईले सिन्धुली खबरलाई जानकारी दिनुभयो । मालपोत कार्यालयले अंशबण्डा, घर जग्गा रजिष्टे«शन लगाएतका शिर्षकबाट उक्त राजस्व संकलन गरेको हो।

कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार साउन महिनामा ९२ लाख ७५ हजार ६ सय ७७ रुपैयाँ, भदौ महिनामा ७४ लाख १५ हजार ४ सय ५७ रुपैयाँ, असोज महिनामा ४० लाख ३२ हजार ३ सय ३५ रुपैयाँ, कार्तिक महिनामा ४९ लाख ३५ हजार ८ सय ३६ रुपैयाँ राजस्व संकलन गरको छ । त्यस्तै मंसिर महिनामा ८ लाख ९ हजार ७ सय ९३रुपैयाँ, पुष महिनामा ९२ लाख ६४ हजार ४ सय ९६रुपैयाँ, माघ महिनामा १ करोड १४ लाख ५८ हजार ३ सय १० रुपैयाँ र फागुन महिनामा ७८ लाख ६३ हजार ५ सय ८ रुपैयाँ राजस्व संकलन गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
तथ्यांक अनुसार चैत्र महिनामा ८५ लाख ५९ हजार ९ सय ८० रुपैयाँ, बैशाख महिनामा ७३ लाख ५१ हजार ९ सय ५० रुपैयाँ, जेठ महिनामा १ करोड ४० लाख ४७ हजार ३ सय २५ रुपैयाँ र असार महिनाको मसान्तसम्म १ करोड ३१ लाख ५९ हजार ६ सय ५९ रुपैयाँ राजस्व संकलन गरेको छ । तथ्याङ्कमा हेर्दा सबै भन्दा धेरै राजस्व जेठ महिनामा १ करोड ४० लाख ४७ हजार ३ सय २५ रुपैयाँ उठेको छ भने सबै भन्दा कम २०८२ को बैशाख महिनामा ७३ लाख ५१ हजार ९ सय ५० रुपैयाँ राजस्व संकलन भएको देखिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *