अनेरास्ववियु सिन्धुलीको १६औँ सम्मेलन आयोजक कमिटीको संयोजक चुनिए दोङ, सम्मेलन भदौ २६ र २७ मा हुने

सिन्धुली सत्तारुढ दल नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिन्धुलीको १६औँ जिल्ला सम्मेलनका लागि आयोजक कमिटी गठन भएको छ ।

आइतबार सिन्धुलीमाढीमा सम्पन्न विशेष भेलाले निवर्तमान सचिव अजय दोङको संयोजकत्वमा ५५ सदस्यीय आयोजक कमिटी गठन गरेको हो । भेलाले १५औँ जिल्ला सम्मेलनबाट निर्वाचित कमिटी भंग गरी दोङको संयोकत्वमा आयोजक कमिटी गठन गर्ने निर्णय गरेको अनेरास्ववियु सिन्धुलीका कार्यवाहक अध्यक्ष ललितरजन मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार १६ औँ जिल्ला सम्मेलन आगामी भदौ २६ र २७ गते हुने छ। आयोजक कमिटी संयोजक चुनिनुभएका दोङ कमलामाई नगरपालिका वडा नम्बर १२ का वडा सदस्यसमेत हुनुहुन्छ । राजनीतिसँगै समाजसेवामा सक्रिय रहँदै आउनुभएका उहाँले आफूले पाएको जिम्मेवारी पूरा गर्न दृढताका साथ लाग्ने प्रतिबद्धता जनाउनुभयो। गत वर्ष नै हुनुपर्ने जिल्ला सम्मेलन एक वर्ष ढिलागरी हुन लागेको हो। संगठनको विधानमा प्रत्येक एक/एक वर्षमा सम्मेलन सम्पन्न गर्नुपर्ने प्रावधान रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *