विश्व स्तनपान सप्ताहको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

सिन्धुली/विश्व स्तनपान सप्ताहको अवसरमा नेपाल रेडक्रस सोसाइटी शिद्घबाबा उपसाखा सिन्धुलीले खुल्ला रक्तदान कार्यक्रमको आयोजा गरी मनाएको छ ।
हिजो एक औपचारीक कार्यक्रको आयोजना गरी नेपाल रेडक्रस सोसाइटी शिद्घबाबा उपसाखा सिन्धुलीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरीएको हो ।
रगतका कारण अकाल्मै ज्यान जानेको संख्या दिन प्रतिदिन बढ्दै गएकाले थोरै भएपनि मानिसहरुको ज्यान बचाउन सकिन्छ भन्ने उद्दश्येले रक्तदान कार्यक्रमको आयोजना गरीएको नेपाल रेडक्रस सोसाइटी शिद्घबाबा उपसाखा सिन्धुलीका अध्यक्ष सन्तोष बोहोराले सिन्धुली खबरलाई जानकारी दिनुभयो । बोहोराको अनुसार २२ जनाले रक्तदान गर्नुभएको थियो । रेडक्रस सोसाइटी शिद्घबाबा उपसाखा सिन्धुलीले समय समयमा यस्ता कार्यक्रमहरुको आयोजना गर्दे आइरहेको छ ।
नेपाल रेडक्रस सोसाइटी शिद्घबाबा उपसाखा सिन्धुलीका अध्यक्ष सन्तोष बोहोराको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका पुर्व सभापती अम्बरदीप देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमलामाई नगरपालिका ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकाल लगाएतको उपस्थिति रहेको थियो ।