गोठालो गएका बालबालिकालाई रुखले किच्दा दुईको मृत्यु तीन घाईते

सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका १ बस्तीपुरमा रुख ढल्दा बस्तु चराउन जंगल गएका दुई जना बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

आज शुक्रबार दिउँसो करीब ३ः३० बजेको समयमा पानी परिरहेको बेला स्थानीय टौवामा ओत लागेर बस्ने क्रममा सालको रुख ढल्दा सो घटना भएको हो ।

मृत्यु हुनेमा हरिहरपुरगढी गाउँपालिकाका गुणलाल गोलेको छोरा वर्षीय १६ का सन्ता गोले र मंगल थिङको वर्षीय ९ का सार्की थिङ रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्त प्रहरी नायक उपरीक्षक सुर्य प्रकास सुवेदीले जानकारी दिनुभयो ।

प्रहरीको अनुसार घाइते हुनेमा १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र ७ वर्षीय सुशील थिङ रहेका छन् । सिर्जना र सन्ध्यालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौंडा पठाइएको छ भने सुशीलको पाँचपाण्डव पोलिक्लिनिक झुरझुरेमा उपचार भई रहेको प्रहरी नायव उपरिक्षक सुवेदीले जानकारी दिनुभयो ।

घाईतेहरुको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको स्थान टाढा र विकट भएकाले सुरक्षाकर्मी, स्थानीयवासी र जनप्रतिनिधिहरूको सहकार्यमा घाइतेहरूको उद्धार गरिएको थियो ।

विद्यालय विदा भएकोले बस्तु गठालो गएका बालबालिकालाई पहिरोका कारण रुख ढलेर सो दुर्घटना भएको हरिहरपुरगढी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष कुलबहादुर भोलनले जानकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *