युवा सघंद्वारा तीनपाटनमा वृक्षारोपण

सिन्धुली/राष्ट्रिय युवा संघ नेपालले एक महिने अभियान अन्तर्गत तीनपाटन गाउँपालिकामा बृहत् वृक्षारोपण कार्यक्रम गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल तीनपाटन गाउँपालीका कमिटिको आयोजनामा संघले हिजो मंगलबार वृक्षरोपण कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रम अन्तर्गत तीनपाटन गाउपालिकाको गाउँपालिका भवन आसपास, क्याम्पस क्षेत्र, बजार क्षेत्र र अस्पताल क्षेत्र लगाएतको क्षेत्रहरुमा ६०० प्रजातिका विरुवाहरु रोपिएको नेपाल युवा संघ तीनपाटन सिन्धुलीका अध्यक्ष सन्तोष थापा मगरले सिन्धुली खबरलाई जानकारी दिनु भयो ।

राष्ट्रिय युवा संघ नेपाल तीनपाटन कमिटिका अध्यक्ष मगरको अध्यक्षता तथा संघका केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज पासाङ तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य प्रदिप कटुवाल, युवा संघ जिल्ला अध्यक्ष अरुण पाख्रिन, उपाध्यक्ष पोष्टराज काफ्ले, सचिव श्रवण नेवा खड्गी, नेपाल खेलकुद महासंघ जिल्ला अध्यक्ष हेम लामा लगाएतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *