मिडिया हाउसमा युवाको बर्चस्व

उद्योग तथा कलकारखाना नहुनु, ठूला व्यवसायिक संरचना निर्माण तथा सन्चालन हुन नसक्नु, स्थानीय तहहरुले पहुँचवाला तथा दलिय आस्थाका आधारमा विज्ञापन उपलव्ध गराउनु, कामलाई भन्दा दलिय झण्डा र आस्थालाई प्राथमिकतामा राखेर मिडिया सम्वन्धि कार्यक्रम दिनु लगायतका कारणहरुले गर्दा अधिकांस मिडियाहरु आफ्नै बुतामा सन्चालन भैरहेका छन् । तथापि ती मिडिया पनि सफल नै छन् ।
देशैभरको तथ्यांक हेर्नेहो भने मिडिया हाउसको संख्या थपिँदैगएको देखिन्छ । सिन्धुलीको कुरा गर्दा नयाँ मिडिया हाउस थपिने क्रम बढेको छैन । जति सन्चालनमा छन् ती घटेका पनि छैनन् । विविध कारणबस बन्द भएका मिडिया हाउस पनि सन्चालनको तयारीमा छन् ।
मुख्या कुरा यहाँ मिडिया हाउस सन्चालन गर्ने अधिकांश युवाहरु नै छन् । अझ भनौं सिन्धुलीमा युवाहरुकै नेतृत्वमा अधिकांश मिडिया हाउस सन्चालन भएका छन् । त्यसो त मिडियामा काम गर्ने कर्मचारीहरु पनि युवाहरु नै छन् । यसमा पनि महिलाहरुको संख्या बढि देखिन्छ । एफ.एम.रेडियो, छापा पत्रिका, अनलाईन पत्रिका । सबैमा महिलाहरुको उपस्थिति बढि देखिन्छ । होला मुख्य नेतृत्वमा पुरुष होलान् तर कर्मचारीहरुको कुरा गर्ने हो भने धेरैजसो महिलाहरु नै छन् ।
सिन्धुलीमा ८ वटा एफ.एम रेडियो सन्चालनमा रहेका छन् । ७ भन्दा बढि साप्ताहिक पत्रिका प्रकाशित हुन्छन् । दुईवटा दैनिक पत्रिका नियमित सन्चालनमा रहेका छन् । केहि पत्रपत्रिकाहरुका प्रकाशक व्यक्ति भएपनि अधिकांश पत्रिकाहरु मिडिया हाउस दर्ता गरेर नै सन्चालनमा छन् । एफ्.एम.रेडियोको कुरा गर्ने हो भने त झन सिन्धुलीको पहिलो रेडियो सिन्धुलीगढीदेखि एकमात्र कमर्सियल रेडियो बिट्स एफ.एम.समेतमा महिला कर्मचारीको बर्चस्व देखिन्छ । नेतृत्वमा पुरुष भएपनि रेडियो हाँक्नेहरुमा युवा तथा महिला नै अग्रस्थानमा अझै छन् ।
अहिले पनि यहाँका अधिकांस मिडिया हाउसमा धेरैजसो कर्मचारीहरु महिला नै छन् । छापा पत्रिका तथा अनलाइनमा आवद्ध भएर काम गर्ने महिलाहरुको संख्या पनि ठूलै छ । यो अर्थमा युवाहरुले गर्व गर्नपर्छ की यहाँका अधिकांश मिडियाहरु युवा नेतृत्वमा नै सन्चालनमा रहेका छन् । ‘युवा’ को परिभाषा व्यक्ति पिच्छे फरक होला । तर युवाले नेतृत्व गरेका मिडिया हाउसहरु अधिकांश सफल नै देखिन्छन् । यो अर्थमा पनि हामीले खुसी मान्नुपर्छ ।
- आफू मात्र नभएर अन्य केहि युवा साथी संगीहरुलाई समेत मिडियामा समाहित गराउन सफल छन् यहाँका युवा मिडिया सन्चालकहरु । यसले रोजगारीको अवसर सिर्जना मात्र गरेको छैन मिडियाप्रतिको लगावमा प्रोत्साहित समेत गरेको छ ।
अहिले मिडियाका कर्मचारी भएर मात्र हैन आँफै मिडिया सन्चालन गर्ने महिलाहरुको संख्या पनि थपिँदै गएको छ । आँफै मिडिया हाउस सन्चालन गरेर अरु युवा महिलालाई पनि रोजगारीको अवसर दिएका मिडिया हाउस पनि छन् । कतिपय अवस्थामा आर्थिक व्यवस्थापन तथा आर्थिक श्रोतका कारण रिपोर्टर व्यवस्थापन गर्न कठिनाइ भोगिरहेको यथार्थलाई भने कसैले पनि नकार्न मिल्दैन । उद्योग तथा कलकारखाना नहुनु, ठूला व्यवसायिक संरचना निर्माण तथा सन्चालन हुन नसक्नु, स्थानीय तहहरुले पहुँचवाला तथा दलिय आस्थाका आधारमा विज्ञापन उपलव्ध गराउनु, कामलाई भन्दा दलिय झण्डा र आस्थालाई प्राथमिकतामा राखेर मिडिया सम्वन्धि कार्यक्रम दिनु लगायतका कारणहरुले गर्दा अधिकांस मिडियाहरु आफ्नै बुतामा सन्चालन भैरहेका छन् । तथापि ती मिडिया पनि सफल नै छन् ।
आफू मात्र नभएर अन्य केहि युवा साथी संगीहरुलाई समेत मिडियामा समाहित गराउन सफल छन् यहाँका युवा मिडिया सन्चालकहरु । यसले रोजगारीको अवसर सिर्जना मात्र गरेको छैन मिडियाप्रतिको लगावमा प्रोत्साहित समेत गरेको छ । सारमा भन्दा यहाँका अधिकांश मिडियाहरु युवाको नेतृत्मा सन्चालित छन् । केहि भन्दा बाहेक सबै सफल पनि छन् । यहि क्रमलाई कायम राख्नसके आगामी दिनमा मिडियामा सम्वद्ध हुने युवाहरुको संख्या बढ्दैजानेमा दुईमत नरहला ।