सुनकोशी मरिण डाइभर्सनको बाँध निर्माणमा ढिलाई प्रति सांसद दाहालद्वारा चिन्ता व्यक्त

सिन्धुली/सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्य परियोजनाको बाँध निर्माणको कार्य ढिलाई भएको प्रति सांसद लेखनाथ दाहाल (राजन)ले चिन्ता व्यक्त गर्नुभएको छ ।

तराई मधेसका ५ जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाई गर्ने र ३१.७ मेघावाट बिद्युत उत्पादन गरी वार्षिक १ खर्ब ५० अर्व राजशव सङ्कलन गर्ने अनि मधेसमा खानेपानीको व्यावस्थापन गर्ने लक्ष्यका साथ शुरू गरिएको राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनको टनेल ब्रेक थ्रु भएको एक वर्ष वितिसक्दा पनि बाँध निर्माणको काम दुई प्रतिशत मात्र भएको भन्दै चिन्ता व्यक्त गर्नु भएको हो ।

सांसद दाहाले सामाजिक सञ्जाल फेसवुकमार्फत तत्कालीन सम्माननीय प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा भएको सुनकोशी मरिण डाइभर्सनको टनेल ब्रेक थ्रु भएको एक वर्ष भइसक्यो र सो कार्यका लागि १३ अर्ब चर्को व्याजमा ऋण लिएर खर्च भइसक्यो तर बाँध निर्माणको कार्य ढिलाई भएकोले समयमा नै योजना सम्पन्न हुनेमा चिन्त व्यक्त गर्नु भएको हो ।

बाँध निर्माणको ठेक्का पाएको पटेल रमण निर्माण कम्पनिले हाल सम्म ५९ प्रतिशत काम सम्पन्न गर्नु पर्ने मात्र २ प्रतिशत मात्र सम्पन्न गरेको, ३२ करोड भुक्तानी गर्नु पर्ने १ अर्ब ९७ करोड २२ लाख भुक्तनी गरेको प्रति सांसद दाहालले आक्रोस व्यक्त गर्नु भएको छ ।

‘दर्जनौ पटक सम्मानित सदनमा बोलेर अनि मन्त्रालय धाएर ठेक्का तोडेर समय अवधि भित्रै सम्पन्न गर्न इच्छुक निर्माण कम्पनिलाई सार्वजनिक खरिद ऐन मुताबिक ठेक्का सम्झौता गर्ने भद्र सहमति उलङ्घन भएको छ’ सांसद दाहालले भन्नु भयो ।

‘माननीय उर्जा मन्त्री फिल्ड अनुगमन गर्ने भनेर फिल्डमा आएर ठेकदारलाई भेट्ने बित्तिकै ठेक्का नतोड्ने निर्देशन मातहतका निकायलाई दिनु भएछ । किन होला ?’ सामाजिक सञ्जाल मार्फत सांसद दाहालले प्रश्न गर्नु भएको छ ।

सामाजिक फेसबुकमार्फत नै हालका मन्त्रीहरुले ठेकेदारसँग पैसा खाएर निर्माणमा ढिलाई गर्ने ठेकेदार कम्पनीलाई नै ठेक्का निरन्तर गरेर भ्रष्ट्रचार गरेको भन्दै भ्रष्ट्र मन्त्रीहरुलाई तह लगाउन मधेशका मानीयहरु र आम जनतासँग सांसद दाहालले साथ माग्नु भएको छ । ‘राष्ट्रलाई खर्बौ घाटा लगाउने भए तरमाराहरूले । मधेसका माननीय र आम जनताको पनि साथ चाहियो तरमाराहरूलाई तह लगाउन ।’ दाहालले भन्नु भएको छ । मधेसमा पानी र किसानलाई रासयानिक मलको तत्काल व्यवस्था गर्न समेत माग गर्नु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *