ईन्सेक सिन्धुलीको अर्धवार्षिक पुर्वसमिक्षा कार्यक्रम सम्पन्न

सिन्धुली/अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सिन्धुलीले आज अर्धवार्षिक समिक्षा कार्यक्रमको सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रहरी उपरीक्षक लालध्वज सुवेदीले, जिल्ला न्यााधिवक्ता मिना घिमिरेको सहभागितामा उक्त कार्यक्रम गरिएको हो ।
सो अवसरमा उक्त संस्थाले सन २०२५ जनवरी देखि हाल सम्म सिन्धुली जिल्लामा घटेका प्रमुख मानव अधिकार उल्लंघन घटनाहरूको तथ्याङ्क समेत प्रस्तुत गरिएको थियो । उक्त तथ्याङ्क अनुसार महिला ४, जेष्ठ नागरिक १ र बालिका ७ जना बलत्कृत भएका छन् ।
त्यस्तै २ जना महिलालाई बलात्कारको प्रयास भएको छ । साथै बल विवाह १, बहुविवाह २, घरेलु हिंसा १६, महिला हत्या १, गरी ३३ जना रहेका छन् । त्यस्ता घटनाहरू विद्यालय, महिला समुह र समुदायमा नियमित कानुनी सचेतना तथा यौनजन्य हिंसा विरुद्धको सचेतनामुलक कार्यक्रमको अभावले यस्ता घटनाहरू दिनप्रतिदिन बढ्दै गएको देख्न सकिन्छ ।
साथै हाल सम्म यस आ.व.मा सुरक्षित आवास गृह सिन्धुलीबाट ८७ जनाले सेवा लिएका छन् । जवरजस्थि करणीबाट २० जना, योनदुव्यवहरबाट २ जना, शारीरिक हिंसाबाट ९ जना मानसकि तथा भावानात्मक दुर्व्यवहारबाट ५४ जना पिडितले सेवा लिएका हुन् ।
सेवा लिनेमा कमलामाई नगरपलिकाका २८ जना दुधौली नगरपालीकाका १४ जना हरीहरपुरगढी गाउँपलिकका ९ जना मरिण गाउँपलिलबाट ५ जना गोलन्जोर गाउँपलिकका ५ जना फिक्कल गाउँपलोलका ४ जना घ्याङलेख गाउपलिकाका २ जना र सुनकोशी गाउँपलीलाका १ जनाले सेवा लिएका छन् । सबै भन्दा धेरै कमलामाई नगरपालिकाका बाट २८ जाने सुरक्षा आवासगृह सिन्धुलीबाट सेवा लिएका छन् भने सबै भन्दा कम सुनकोशी गाउपलीकाबाट १ जनाले सेवा लिएका छन् ।