भवन निर्माणको भुक्तानी नभएकोमा निर्माण समितिको आपत्ती, ‘प्रमुख घिमिरेले हरेक योजनामा २० प्रतिशत कमिसन माग्ने गरेको आरोप’

आजाद स्मृतिको नाममा जग्गाधनि पुर्जा ल्याए भुक्तानी दिन्छुः प्रमुख घिमिरे

सिन्धुली/नेकपा एमालेको पार्टी कार्यालय सञ्चालन रहेको आजाद स्मृति भवन निर्माणको भुक्तानी नदिएको प्रति निर्माण समितिले आपत्ती जनाएको छ ।

आजाद स्मृति भवन निर्माण समितिले शनिवार पत्रकार सम्मेलन गरेर शहरी विकास तथा भवन कार्यालय सिन्धुलीले सम्झौता अनुसार निर्माण कार्य सम्पन्न भए पनि कार्यालय प्रमुख दुर्गा घिमिरेले पूर्वाग्रही पूर्ण ढंगबाट भुक्तानी नदिएको भन्दै आपत्ती जनाएको हो ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र देव श्रेष्ठले कार्यालय प्रमुख घिमिरेले हरेक योजनमा २० प्रतिशत कमिसन माग्ने गरेको आरोप लगाउनुभयो । साथै नियमानुसार भुक्तानी नभए कानुनी प्रक्रियामा जाने चेतावानी दिनुभयो । निर्माण समितिका अध्यक्ष तथा नेकपा एमाले सिन्धुलीका अध्यक्ष श्रेष्ठले नेकपा एमालेका केहि नेताको दवाव दिएको मा सबै प्रमाण पुग्दा पनि भुक्तानी नदिनु कार्यालय प्रमुख घिमिरेको असक्षमता भएको वताउनुभयो ।

आजाद स्मृति प्रतिष्ठानको अधुरो भवन निर्माण सम्पन्न गराउनको लागि आ.व. २०८१/०८२ को विनियोजित बजेटमा वागमती प्रदेश सरकारको विनियोजन बजेट र उपभोक्ता समितिले व्यहोर्नु पर्ने श्रमदानको रकम गरी ३७ लाख ११ हजार ९ सय १४ रुपैयाँ ५० पैसा बराबरको उपभोक्ता समिति र शहरी विकास तथा भवन कार्यालय सिन्धुली विच मिति २०८१/०९/२२ गते सम्झौता भएको थियो ।
सम्झौता अनुसारको काम सम्पन्न भए पनि शहरी विकास तथा भवन कार्यालय सिन्धुली र वडा कार्यालयको कर्मचारीले अनुगमन, निरिक्षण गरि सम्पुर्ण कागजात पेश गर्दा पनि भुक्तानी नदिएको अध्यक्ष श्रेष्ठले वताउनुभयो ।

कमलामाई नगरपालिका ६ मा रहेको एमाले पार्टी कर्यालय भवन आजाद स्मृति प्रतिष्ठानको भवन हो भन्ने कुनै प्रमाण नभटिएकोले भुक्तानी दिन नसकिएको शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख घिमिरेले वताउनुभयो । पार्टीको नाममा जग्गा रहेको र हाल निर्माण सम्पन्न नभएको अपुरो भनिएको भवन नेकपा एमाले सिन्धुलीले प्रयोग गरिरहेको देखिएकोले सो भवन आजाद स्मृति प्रतिष्ठानको हो भन्ने आधार प्रमाण लिएर आए भुक्तानी दिने कार्यालय प्रमुख घिमिरेले वताउनुभयो ।

प्रतिष्ठानको नाममा बजेट आएकोले पार्टी कर्यालय निर्माणमा भुक्तानी दिन नसकिने र प्रतिष्ठानको नाममा रहेको जग्गामा भवन निर्माण सम्पन्न गरेको प्रमाण पेश गरे भुक्तानी दिने कार्यालय प्रमुख घिमिरेले वताउनुभयो । किर्ते कागजात वनाएर भुक्तानीको लागि दवाव दिने र भुक्तानी नभए पछि आफ्नो चरित्र हत्या गर्ने काम गरिएको भन्दै कार्यालय प्रमुख घिमिरले आपत्ती जनाउनुभएको छ ।

“प्रतिष्ठानको नाममा आएको बजेट प्रतिष्ठानको नाममा भवन बन्छ भने भुक्तानी दिन्छु भनेको नै छु तर प्रमाण पेश नगरी राजनीतिक दवाव दिएर भुक्तानी गराउन खोज्ने र भुक्तानी नभए पछि मेरो चरित्र हत्या गर्ने काम भएको छ, अब त्यो किर्ते कागजातको छानविन र मेरो चरित्र हत्याको विरुद्ध कानुनी उपचारमा जान्छु” कार्यालय प्रमुख घिमिरेले भन्नुभयो ।

नेकपा एमाले जिल्ला कमिटी सिन्धुलीको नाममा रहेको साविक सिद्धेश्वर गाविस वडा नं. ६/छ कि.नं. ३४२ को एक कठ्ठा जग्गामा आजाद स्मृति प्रतिष्ठानले आजाद स्मृति भवन निर्माणको लागि २०७१ मा ६ वुदामा जग्गा प्रयोग गरे वापत प्रतिष्ठानले भाडा तिर्नु नपर्ने र भवन प्रयोग गरे वापत पार्टीले भाडा तिर्नु नपर्ने सर्त सहित सम्झौता गरेको थियो । ६ वुदा मध्य पाँचौ नम्बर बुदामा पार्टी सम्झौता नेकपा एमाले जिल्ला कमिटिको बैठकले अनुमोदन गर्नु पर्ने उल्लेख छ । तर जिल्ला कमिटिले आजाद स्मृति प्रतिष्ठानलाई जग्गा दिन विषमा बैठकबाट अनुमोदन नभएको पाईको छ ।

 

गैर राजनीतिक संस्थाले राजनीतिक दलको जग्गा भाडामा लिएर संरचना निर्माण गर्ने प्रावधान छैनः प्रमुख जिल्ला अधिकारी भुसाल

गैर सरकारी संस्थाको विघटन पछि त्यस्को सम्पुर्ण सम्पत्ति राज्यको हुने भएको र गैर सरकारी संस्थाले राजनीतिक दलको सम्पत्ति सम्झौता गरेर संरचना निर्माण गर्ने प्रावधान नभएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले वाताउनुभयो ।

नेकपा एमाले सिन्धुली र आजाद स्मृति प्रतिष्ठान वीच जग्गा सम्झौता भएर भवन निर्माण गरिएको विषय गैर कानुनी भएको प्रमुख जिल्ला अधिकारी भुषालले वताउनुभयो । प्रमुख जिल्ला अधिकारी भुषालले आजाद स्मृति प्रतिष्ठानले कमलामाई नगरपालिका ९ मा रहने गरि दर्ता गरेको र वडा नं. ६ मा शाखा सञ्चालन गर्न विधानमा कुनै व्यवस्था गरेको नपाईएको समेत वताउनुभयो ।

प्रतिष्ठान आफ्नो विधान अनुसार चल्नु पर्ने तर विधानमा शाखा सञ्चालन गर्ने कुनै व्यवस्था नगरेको र शाखा सञ्चालनको लागि स्वीकृति लिएको नपाईएको प्रमुख जिल्ला अधिकारी भुषालले वताउनुभयो । पार्टी कार्यालय भवन निर्माणमा राज्यबाट भुक्तानी हुने कुनै प्रावधान नभएकोले उहाँहरुले प्रतिष्ठानको साहारामा राज्यबाट रकम लिन कागजी प्रकृया पुरा गर्न खोजेको भएपनि सम्पुर्ण प्रकृया पुरा नभएको पाईएको प्रमुख जिल्ला अधिकारी भुषालले वताउनुभयो ।

 

एमालेको जग्गा आजाद स्मृति प्रतिष्ठानलाई दिने विषयमा बैठकमा छलफल भएको छैनः तत्कालिन सचिव पाख्रिन

नेकपा एमाले जिल्ला कमिटि तत्कालिन सचिव सुर्य पाख्रिनले आजाद स्मृति प्रतिष्ठानलाई भवन निर्माणको लागि जग्गा दिने विषयमा बैठकमा छलफल र निर्णय नभएको वताउनुभयो । जिल्ला कमिटिको कुनै पनि बैठक प्रस्ताव पनि नआएको तत्कालिन सचिव पाख्रिनले जिकिर गर्नु भयो ।

जिल्ला पार्टी कार्यालय भवन निर्माण लगायत पार्टी विधि पद्धतिमा सञ्चालन गर्नु पर्ने ५ वुदे फरक मत राखेको समेत पाख्रिनले वताउनुभयो । पार्टीलाई नियमित आम्दानी हुने गरी अगाडी सटर सहितको भवन र पछाडी पार्की निर्मार्ण गर्नुपर्ने र निर्माणमा आर्थिक पार्दशीता हुनुपर्ने माग राखेको थिएँ । पछि उपभोक्ता समितिमा समेत आफूलाई सामेल नगरी तत्कालिन अध्यक्ष प्रदिप कटुवालले एकलौटी भवन निर्माण गरेको पाख्रिनले वताउनुभयो ।

प्रदिव कटुवाल अघिका अध्यक्ष कमल जंग राईले समेत पार्टी कार्यालय भवन पार्टी कार्यकर्ताको आर्थिक सहयोग र अनुदानमा मात्र निर्माण गर्ने भन्दै प्रतिष्ठान मार्फत राज्य कोषको रकम ल्याउन अस्वीकार गर्नु भएको थियो ।

 

पार्टी कार्यालय भवन निर्माणको लागि प्रतिष्ठानको कागज प्रयोग गरिएको होः अध्यक्ष देवकोटा

आजाद स्मृति प्रतिष्ठानको अध्यक्ष रमेश कुमार देवकोटाले नेकपा एमाले सिन्धुलीको पार्टी कार्यालय भवन निर्माणको लागि प्रतिष्ठानको कागज प्रयोग गरिएको स्वीकार्नु भयो । पार्टीलाई राज्यबाट भुक्तानी दिन नमिल्ने भएपछि पार्टी भवन निर्माणको लागि पार्टीको जग्गामा प्रतिष्ठानको कागज प्रयोग गरिएको अध्यक्ष देवकोटाले वताउनुभयो ।

हालसम्म राज्यबाट कति पटक कति पैसा आयो ? कति खर्च भयो ? आफूलाई केहि थाहा नहुने, पार्टीले नै उपभोक्ता समिति गठन गरेर निर्माण गर्ने र सम्बन्धित निकायमा विल भपाई बुझाउने भएकोले आफूसँग आम्दानी खर्च विवरण नभएको अध्यक्ष देवकोटाले वताउनुभयो ।

सम्झौता अनुसार निर्माण गरिएको भवनमा तेस्रो र चौथो तल्ला प्रतिष्ठानले प्रयोग गर्ने भनिए पनि तेस्रो तल्लामा सचिव र दुई उपसचिवको कार्यकक्ष रहेको छ भने उपाध्यक्षको कार्यपक्षको लागि कोठा छुट्याईको छ तर हाल सम्म कार्यकक्ष बनाईको छैन । सो भवनमा प्रतिष्ठानको कुनै पनि कार्यालय रहेको छैन । प्रतिष्ठानको नियमित काम नहुने भएकोले सो भवनमा प्रतिष्ठानको कार्यालय नरहेको अध्यक्ष देवकोटाले बताउनुभयो । कहिलेकहि आउदा पार्टी अरुको कार्यकक्षबाट नै काम गर्ने अध्यक्ष देवकोटाले वताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *