• सिन्धुली/करदाता सेवा कार्यालय सिन्धुलीले आज कर तथा राजस्व सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

    कर तथा राजस्वका विविध बिषय, आर्थिक विधेयक २०८२ का प्रावधानहरु र व्यवसायी करदाताहरुले भोगेका समस्याहरुको बिषयमा छलफल गर्ने उद्देश्यले अन्तरक्रिया गरीएको हो ।

    सो कार्यक्रममा करदाता सेवा कार्यालय सिन्धुलीका कार्यालय प्रमुख मनोजकुमार न्यौपानेले कर तथा राजस्व लगायतका विविध बिषयहरुमा जानकारी दिँदै व्यवसायी तथा करदाताहरुले राखेका प्रश्नहरुको जवाफ समेत दिनु भएको थियो ।

    त्यस्त उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले कार्यक्रममा बोल्दै करदाता तथा उद्योगी, व्यवसायीहरुले भोगेका अनेकौं समस्याहरुलाई कसरी न्युन गर्न सकिन्छ भन्ने बारेमा आफ्नो धारण राख्नु भएको थियो ।

    कार्यक्रममा सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, कर दाता सेवा कार्यालयका कर्मचारीहरु, उद्योगी, व्यवसायी , सरोकारवालाहरु, लगायतको सहभागीता रहेको थियो ।