कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम

सिन्धुली/सिन्धुलीको कोबे इन्टरनेशनल एजुकेशन सेन्टर सिन्धुली शाखाले आफ्नो वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।
कोबे इन्टरनेशनल एजुकेशन सेन्टर सिन्धुलीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको सहयोगमा बिहिबार कार्यक्रम गरीएको हो । वार्षिकउत्सवको अवसरमा उक्त संस्थामा अध्यनतरत विद्यार्थी, संघ संस्थामा आवद्ध व्यक्ति लगायतका १८ जनाले रक्तदान गरेका थिए ।
रगतबिना जिवनको परिकल्पना गर्न सकिँदैन । आकस्मिक रुपमा पर्ने रगतकोले मानिसको अकालमा ज्यान जान सक्छ । यस्तै अवस्थामा सहयोग पुगोस् भनेर रक्तदान कार्यक्रम गरिएको कोवे इन्टरनेशनल सिन्धुली शाखाका प्रबन्ध निर्देशक निशान बुढाथोकीले जानकारी दिनुभयो । साथै कोबे इन्टरनेशनल एजुकेशन सेन्टर सिन्धुली शाखाका व्यवस्थापक इन्द्र बहादुर श्रेष्ठले रगतका कारण अकालमै ज्यान जानेको संख्या दिन प्रतिदिन बढ्दै गएकाले थोरै भएपनि ज्यान बचाउन सकिन्छ भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरीएको बताउनुभयो ।
सँस्थाको वार्षिकोत्सवको अवसरमा रक्तदान गर्नेहरुलाई सँस्थाले प्रमाण पत्र वितरण गरेको छ । त्यसो त कोवे इन्टरनेशनलले सिन्धुलीका विभिन्न विद्यालयमा गएर विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु पनि वितरण गर्दैआएको छ ।