जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया

सिन्धुली/जनस्वास्थ्य कार्यालय सिन्धुलीले जिल्लामा कार्यरत सन्चारकर्मीहरुसंग स्वास्थ्य सेवा सम्वन्धि अन्तर्क्रिया कार्यक्रम गरेको छ।

कार्यक्रमा जनस्वास्थ्य कार्यालय सिन्धुली र यसले प्रवाह गर्दैआएका सेवा सुविधा तथा आगामि दिनमा गर्ने कार्यक्रमहरुको बारेमा संक्षिप्त प्रस्तुतिकरण गरिएको थियो। जनस्वास्थ्य कार्यालयले विभिन्न संघ सँस्थाहरुको उपस्थितिमा प्रवद्र्धनात्मक, प्रतिकारात्म, निदानात्मक तथा उपचारात्मक स्वास्थ्य सेवाको उचित व्यवस्थापन सुनिश्चित गर्ने लगायतका विषयमा जनस्वास्थ्य प्रमुखले प्रस्तुति मार्फत जानकारी गराउनुभयो ।

त्यस्तै कार्यक्रममा जिल्लामा रहेका स्वास्थ्य सँस्थाहरुको अवस्था र प्रदेश सरकारको केहि नविनतम तथा महत्वपूर्ण कार्यक्रमहरुको बारेमा समेत जानकारी गराइएको थियो। आर्थिक बर्ष २०८१/८२ को बजेट तथा कार्यप्रगति र आर्थिक वर्ष २०८२/८३ मा सन्चालन गरिने नयाँ कार्यक्रमहरुको बारेमा जानकारी गराइएको थियो । जसमा मेरो स्वास्थ्य मेरो जिम्मेवारी : एक घण्टा मेरो लागि, एक स्थानीय तह एक नमूना स्वास्थ्य संस्था, विद्यालयमा स्क्रीनिङ कार्यक्रम लगायतका निकै आकर्षक तथा प्रभावकारी कार्यक्रमहरु रहेका छन्।

अन्तर्क्रिया कार्यक्रममा पत्रकारहरु र जनस्वास्थ्य कार्यालयका प्रतिनीधिहरुबीच सवाल जवाफ समेत गरिएको थियो । जसमा पत्रकार तथा सन्चारकर्मीहरुले राखेका स्वास्थ्य सम्वन्धि जिज्ञासामा कार्यालयका प्रमुख, खोप अधिकृत तथा कर्मचारीहरुले जवाफ दिनुभएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-content']