मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु, १ जना घाईते

सिन्धुली/मदन भण्डारी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका १४ तल्लो रानिवासमा गए राति मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको छ ।

मृत्यु हुनेमा कमलामाई नगरपालिका १४ का ३५ वर्षिय राजेन्द्र कुँवर दनुवार रहेका छन् । भने दुर्घटनामा परि घाइते हुनेमा मोटरसाईकलमा सवार १४ वर्षका करण कुमँर रहेका छन्।

गए राती पौने १२ बजेतिर राजमार्गको भिमान कटारी सडक अन्तर्गत कमलामाई नगरपालिका १४ तल्लो रानीबासमा कमलामाई ९ भिमानबाट रानीबासतर्फ जाँदै गरेको ज ४ प ३४९८ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनु भयो। साथै दनुवारलाई उपचारका लागि बर्दिबास लाँदै गर्दा मृत्यु भएको प्रहरी जकारी दिएको छ।

मोटरसाईकल चालक कनपा १४ का २१ वर्षिय मनिष धामी र मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिईसकेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनकारी दिएको छ।


प्रतिक्रिया

One thought on “मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु, १ जना घाईते

  1. सिन्धुली-मदन भण्डारी राजमार्गमा भएको यो दुर्घटना दुःखद छ। राजेन्द्र कुँवर दनुवारको मृत्युले परिवारलाई ठूलो क्षति पुगेको छ। करण कुमँरको घाइते अवस्थाको बारेमा चिन्ता छ। प्रहरीले घटनाको अनुसन्धान गर्दै छन्। यस्तो दुर्घटना किन भयो भन्ने कुराको विस्तृत अनुसन्धान कहिले प्रकाशित हुने छ? German news in Russian (новости Германии)— quirky, bold, and hypnotically captivating. Like a telegram from a parallel Europe. Care to take a peek?

Leave a Reply

Your email address will not be published. Required fields are marked *