बालबिवाह अन्त्यको लागि समुदाय परिचालन कार्यक्रम सम्पन्न

सिन्धुली/जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ स्थित मावि कर्मिडाडाँ चिसापानीमा बालबिवाह अन्त्यको लागि समुदाय परिचालन कार्यक्रम अन्तर्गत बालविवाह रोक्नको लागि कानुनी अनुशिक्षण र सरोकारवालाको भूमिका सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बालविवाह सम्बन्धी कानुनी ज्ञान प्रवाह गर्दै समुदायमा सकारात्मक सोच विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।
लोक बहादुर गोलले बालविवाहको असर, त्यसविरुद्ध विद्यमान कानुनी व्यवस्था, बालविवाह रोकथामको उपाय तथा बालविवाहको बिषयमा प्रष्ट्याउनु भएको थियो । हरिहरपुरगढी गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।
वडा नम्बर १ का वडा सदस्य मायावती घलानको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य गौरीमाया बिक,सोहि विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर घलान, प्रधानध्यापक डिलबहादुर घलान, कानुनी सहजकर्ता लोकबहादुर गोले, गुर्जि प्रहरी चौकीका इन्चार्ज समसुदिन अंसरी, गाउँपालिकाका महिला, बालबालिका प्रमुख निर्मला मंग्राती लगायत बालबालिका, अभिभावकहरुको उपस्थिती रहेको थियो ।
साथै लागूपदार्थ दुव्र्यशनी सम्बन्धी सचेतना कार्यक्रम समेत गरिएको थियो । त्यस्तै प्रहरी चौकी गुर्जिका इन्चार्ज समसुदिन अंसरीले बालबालिकाहरुलाई लागूपदार्थ दुव्र्यशनी विरुद्ध सचेतनामुलक प्रशिक्षण गराउनु भएको थियो ।