गोलन्जोरको आ.ब. २०८२/०८३ को बजेट ६२ करोड ५२ लाख २ हजार

सिन्धुली/सिन्धुलीको गोलन्जोर गाउँपालिकामा १७ औँ गाउँसभामा आफ्नो नीति कार्यक्रम मंगलबार पालिकाको सभाहलमा सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ को लागि ६२ करोड ५२ लाख २ हजार ३ सय १० रुपैयाँ बजेटसहित प्रस्तुत गर्दे उक्त पालिकाले आफ्नो नीति तथा कार्यक्रम सम्पन्न गरेको हो ।

गाउँपालिकाले यस वर्ष सामाजिक सुरक्षा, कृषि तथा पशुपालन, महिला र बालबालिका, विपद् व्यवस्थापन, खानेपानी, यातायात, सूचना प्रविधि, सरसफाइ, तथा पूर्वाधार विस्तारका कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको पालिका अध्यक्ष शंकरराज बरालले जानकारी दिएको छ ।

त्यस्तै उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार)ले बजेट प्रस्तुत गर्नु हुदैँ गाउँपालिकाले नीति तथा कार्यक्रम तर्जुमा गर्दा स्थानीय आवश्यकता, जनचासो र उपलब्ध स्रोत–साधनलाई केन्द्रमा राखेको जानकारी दिनुभयो ।

यसपटकको बजेटले खासगरी ग्रामीण भेगका जनतालाई प्रत्यक्ष असर पार्ने योजना तथा कार्यक्रमहरूमा जोड दिएको देखिन्छ। स्थानीय तहमा आत्मनिर्भरता बढाउने उद्देश्यले कृषि उत्पादन र पशुपालन कार्यक्रमलाई सघन रूपमा अघि बढाइने जनाइएको छ ।
त्यस्तै, विपद् व्यवस्थापनका लागि पूर्वतयारीका काम, खानेपानीको पहुँच सुधार, सडक तथा विद्युत विस्तार, बालबालिका तथा महिलामैत्री कार्यक्रमहरू पनि प्राथमिक सूचीमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *