एस.ई.ई. मा उत्कृष्ठ अंक ल्याउने ३ जना विद्यार्थीलाई ल्याप्टव उपहार

सिन्धुली/सिन्धुलीको तीनपाटन गाउँपालिकाले १६ औँ अधिवेशनको अवसरमा पालिकाबाट शैक्षिक सत्र २०८० को एस.ई.ई परीक्षामा सहभागी विद्यार्थीहरु मध्य सबै भन्दा बढी अंक प्राप्त गरि उत्तीर्ण हुन सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
पालिकाले सामुदीयक विद्यालयबाट शैक्षिक सत्र २०८० को एस.ई.ई परीक्षामा सहभागी भएका मध्य सबै भन्दा बढी अंक प्राप्त गर्ने ३ जना विद्यार्थीहरुलाई सम्मान संगै एक–एक थान ल्याप्टप वितरण गरेको हो ।
श्री चन्द्रावती मा.वि.वेलघारीका युवराज काफ्ले, आशिमा दाहाल र श्री मा.वि. आम्बोटेका युरी चौधरी लगाएतलाई ल्याप्टप वितरण गरेको पालिका उपाध्यक्ष धन बहादुर पुलामीले जानकारी दिनुभयो ।
सम्मान पस्चात उहाँले विद्यार्थीहरु लाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना गर्नु भएको छ साथै यस्तो किसिमको प्रेरणाले विद्यार्थीहरूमा अध्यनप्रतिको अझै उत्साह र मेहनत बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।