कमलामाई नगरपालिकाको बजेट १ अर्ब २९ करोड ५९ लाख ४० हजार

सिन्धुली/कमलामाई नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब २९ करोड ५९ लाख ४० हजार १६० रुपैयाँको बजेट ल्यएको छ । ९ ओटा स्थानिय तहहरु मध्य यस आवमा सबै भन्दा धेरै कमलामाई नगरपलिकाले १ अर्ब २९ करोड ५९ लाख ४० हजार १६० रुपैयाँको बजेट ल्यएको छ हो ।
गत वर्षको तुलनामा कमलामाई नगरपालिकाको यस वर्षको बजेट करिब १६ करोडले कम देखिन्छ । अघिल्लो वर्ष १ अर्ब ४५ करोड ८९ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको नगरले यसपटक व्यावहारिक र प्राथमिकतामा आधारित बजेट सार्वजनिक गरेको हो ।
मंगलबार नगरपालिकाको १६ औं नगरसभा अधिवेशनको पहिलो बैठकमा नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले आगामि वर्षको लागि निति कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने उपप्रमुख मञ्जु देवकोटाले बजेट र कार्यक्रम प्रस्तुत गर्नु भएको हो । नगर प्रमुख पोखरेलले विदेशबाट फर्केका युवाहरूलाई कृषि, रोजगार र व्यवसायमा प्राथमिकताका साथ आबद्ध गराउने गरी नीति तय गरिएको बताउनुभयो ।