अपाङ्गता भएका व्यक्तिहरुका लागि समावेशी खेलकुद कार्यक्रम सम्पन्न

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराको साथ सोमबार अपाङ्गता भएका व्यक्तिहरूको लागि समावेशी खेलकुद कार्यक्रम सिन्धुलीमाढीमा भएको छ ।
सिन्धुली अपाङ्ग महिला सङ्घ सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिका नगर खेलकुद विकास समिति सिन्धुलीको सहयोग, सिन्धुली बहिरा सङ्घ सिन्धुली र नवज्योति बहिरा माध्यमिक विद्यालयको समन्वय खेलकुद कार्यक्रम गरीएको हो ।
अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुदमार्फत सामाजिक, मानसिक र शारीरिक विकासमा सहयोग पु¥याउने, उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने र समाजमा समावेशिता सुनिश्चित गर्न सहयोग पु¥याउने उद्देश्य कार्यक्रमको आयोजना गरीएको अपाङ्ग महिला सङ्घ सिन्धुलीकी अध्यक्ष दिपा देवकोटाले जानकारी दिनुभयो ।
छात्रछात्रा बोसिया प्रतियोगिता, छात्रछात्रा भलिबल प्रतियोगितामा, ह्वीलचेयर दौड प्रतियोगिता लगाएतका खेलकुदहरु खेलाइको थियो ।
जस अन्तरर्गत नवज्योति बहिरा माध्यमिक विद्यालय जसेदमारका छात्रछात्राहरूले भलिबल प्रतियोगितामा सहभागी भएका थिए । भने श्री जनज्योति माध्यमिक विद्यालय फोस्रेटारका वौदिक अपाङ्गता भएका विद्यार्थीहरूले बोसिया खेलमा भाग लिएका थिए । छात्र छात्रा भलिबल प्रतियोगितामा पहिलो हुने समूहलाई ३ हजार र दोस्रो हुने समूहलाई २ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
बोसिया छात्र तर्फको खेलमा खेम बहादुर बुढाथोकी पहिलो, शीतल ज्ञाबा दोस्रो, राजेश थापा तेस्रो हुनु भएको थियो । छात्रा तर्फ सपना ढुङ्गाना पहिलो, सम्झना विक दोस्रो र आरती बिक तेस्रो हुनु भएको थियो ।
प्रतियोगिताका विजेतालाई प्रमाणपत्र, मेडल र पहिलो हुनेलाई १ हजार र दोस्रो हुनेलाई ५/५ सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै ह्वीलचेयर दौड प्रतियोगितामा बिश्वलाल थिङ प्रथम र शिखा खत्री दोस्रो हुनु भएकोमा दुवै जनालाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको हो । त्यस्तै पहिलो हुनेलाई १ हजार ५ सय र दोस्रो हुनेलाई १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।