अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामाग्री वितरण

सिन्धुली/सिन्धुलीमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामाग्री वितरण गरेको छ । जिल्ला महिला अपाङ्ग संघका अध्यक्ष दिपा देवकाटाको अध्यक्षता तथा कमलामाई नगरपालिका वडा नम्बर ४ का अध्यक्ष महेन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा वितरण गरेको हो ।
उक्त सहायक सामाग्री वितरण कार्यक्रममा कमलामाई नगरपालिका ४ भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि २ थान ह्विलचियर, ३ थान बैसाखी, ३ कम्बोसिएर वितरण गरीएको हो ।
सिन्धुली महिला अपाङ्ग सघंको आयोजना तथा कमलामाई नगरपालिका वडा नम्बर ४ को सहयोगमा उक्त सामानहरु वितरण गरीएको हो ।
कार्यक्रममा वल्नुहुँदै वडा अध्यक्ष ढकालले अपाङ्गता भएका व्यक्तिहरुका लागि वडाबाट नेइ बजेत छुटायो भने वडामा भएका अपाङ्गता व्यक्तिहरुलाई पहिचान गर्न सजिलो हुने बाउनुभयो ।साथै उनिहरुका लागि आवश्यकता पर्ने सामान वितरण गर्न सजिलो हुने बताउनुभयो ।
त्यस्तै जिल्ला महिला अपाङ्ग संघका अध्यक्ष देवकोटाले अपाङ्गता व्यक्तिहरुका लागि राज्य पनि जिम्मेवार हुनुपर्ने बताउनुभयो ।