सिन्धुलीमा ९० प्रतिशत प्रसुति स्वास्थ्य संस्थामा

सिन्धुली/सिन्धुलीमा ९० प्रतिशत प्रसुति स्वास्थ्य संस्थामा नै हुने गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को तथ्याङ्क अनुसार ९० प्रतिशत महिलाले स्वास्थ्य संस्थामा नै प्रसुति गराएका हुन् ।

जनस्वास्थ्य कार्यालय सिन्धुलीको अनुसार आर्थिक बर्ष २०८१/०८२ को ११ महिनामा स्वास्थ्य संस्था (बर्थिङ सेन्टर) र घरमा गरेर ४७१ जना शिशुको जन्मभएको छ । जनस्वास्थ्य कार्यालयका प्रमुख बिमल पटेलको अनुसार अस्पतालमा ४२३ जना शिशुको जन्म भएको छ भने घरमा ४८ जना शिशुको जन्म भएको छ

पटेलको अनुसार गत साउन देखी जेठसम्ममा हरीहरपुरगढीमा १२, फिक्कलमा ११, र घ्याङलेखमा १० जना रहेका छन् । त्यस्तै कमलामाई नगरपालिकामा ५, सुनकोशीमा ५, तीनपाटनमा २, गोलञ्जोरमा २ र दुधौली नगरपालिकामा १ जना शिशुको घरमै जन्म भएको छ ।

उहाँको अनुसार मरीण गाउँपालिकामा यस आर्थिक वर्षको जेठसम्म कुनै पनि महिलाले घरमै शिशुलाई जन्म दिएका छैनन् । त्यस्तै सबै भन्दा कम दुघौली नगरपालिकामा एक जना शिशुको घरमा जन्म भएको छ । सबै भन्दा धेरै हरीहरपुरगढी गाउँपालिकामा १२ जना शिशुको घरमै जन्म भएको छैन् ।

साथै सिन्धुली अस्पतालमा गत साउन महिनामा ४९ शिशुको जन्म भएको छ । साथै भदौमा ३५, असोजान २०, र्कार्तिक ४९, मंसीरमा ४१, पुसमा २२, माघामा ३५, फागुनमा ३४, चैत्रमा ४६, बैशाखमा ३८ र जेठमा ५४ शिशुहरुको जन्म भएको जिल्ला अस्पताल सिन्धुलीका व्यवस्थापक विमल श्रेष्ठले सिन्धुली खबरलाई बताउनु भयो ।

सिन्धुली अस्पताको अनुसार सबै भन्दा कम असोज महिनामा २० जना शिशुहरुको उक्त अस्पतालमा जन्म भएको छ भने सबै भन्दा धेरै जेठ महिनामा ५४ शिशुहरुको जन्म भएको छ ।

त्यस्तै गत वर्ष जिल्ला अस्पतालमा ४ सय ३३ जना शिशुको जन्म भएको थियो । अस्पतामा नयाँ भवन बने संगै अस्पतालले थप सेवा सुबिधा दिँदै आईरहेको छ । साथै अस्पतालमा जन्म हुने शिशुहरुको सङ्ख्या केहि मात्रमा बढेको देखिन्छ ।

अस्पतालमा शिशुलाई जन्म दिने आमाहरु प्राय २० वर्ष देखि ३९ उमेर समुहका धेरै हुने गरेका छन् । त्यस्तै गत वर्ष भन्दा यस वर्ष सानो उमेरका महिलाहरु कम आमा बन्नेको संख्या कम रहेको छ । त्यस्ता महिलाहरु प्राय ग्रामीण क्षेत्रका हुने गरेका छन् ।

डाक्टरहरुका अनुसार बच्च जन्माउनु उपयुक्त उमेर २० देखी ३० वर्ष सम्म राम्रो हो । कम उमेरमा सन्तानलाई जन्म दिदा आफ्नो र बच्चा दुबैको ज्यान कतरा हुने र बच्चा स्वस्थ नहुने गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *