पोखरीमा डुबेर बालिकाको मृत्यु

सिन्धुली/दुधौली नगरपालिका ११ मा एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा मरघट्टी बस्ने हस्त बहादुर सुनुवारकी ८ वर्षीय छोरी ममता सुनुवार रहेकी छिन्।
सुनुवार आज बुधबार आफ्नो घरबाट १ किलो मिटर पर रहेको दक्षिणमा पर्ने मरघट्टी सानोचौरी दुई धारा संस्थाद्धारा सिचाईको लागि खनेको जोडीगैरी पोखरीमा पौडी खेल्ने गएकी थिन्। पौडी खेल्ने क्रममा डुबी रहेको अवस्थामा खानेपानी लिन जादै गरेको समयमा स्थानीयवासी राम बहादुर सुनुवारका छोरा वर्ष १२ को संगम सुनुवारले देखी ममताको ठूलो बाबालाई खबर गरी उद्धार गरे पश्चात उनलाई उपचारको लागि कटारी नगर अस्पताल, उदयपुर पुर्याईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्ष लाल ध्वज सुवेदीले जानकारी दिनु भयो।
सुनुवारलाई उपचारको क्रममा आज बेलुका ७:२५ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीको अनुसार उक्त लाशलाई पोष्टमार्टमको लागि दुधौली नगर अस्पताल सिर्थौली पठाएको छ। साथै घटना बारे थप अनुसंधान भइरहेको छ।