बालविवाह रोकथामका लागि कानुनी अनुशिक्षण र सरोकारवालाको भूमिका सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न

सिन्धुली/हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ मा बालविवाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रम अन्र्तगत बालविवाह रोकथामका लागि कानुनी अनुशिक्षण र सरोकारवालाको भूमिका सम्बन्धी अन्र्तक्रिया कार्यक्रम गरीएको छ ।

३ नम्बर वडाका अध्यक्ष कुल बहादुर भोलनको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराको प्रमुख आतिथ्यतामा उक्त वडामा सो कार्मक्रमको आज उद्घाटन गरीएको हो । त्यस्तै बालविवाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रम गाउँपालिकाको ८ वटै वडामा सञ्चालन गरिनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकराले बालविवाहको कारणले बालबालिकाको शारिरिक, मानसिक तथा संवेगात्मक रुपमा असर पु¥याउने भएकोले बालविवाहलाई पूर्ण रुपमा न्यूनिकरण गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा हरिहरपुरगढी प्रहरी चौकीका इन्चार्ज समसुदिन अन्सरीले लागुपदार्थ दुर्वेशनी तथा साइबर अपराधको बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । साथै प्रशिक्षक कानुनी शाखा प्रमुख लोक बहादुर गोलेले बालविवाह सम्बन्धी कानुनी सचेतना सम्बन्धी प्रष्ट्याउनु भएको थिया ।
हरिहरपुरगढी गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक उपशाखाका आयोजनामा भएको कार्यक्रममा वडा सदस्यहरु, शाखाका प्रमुख निर्मला मंग्राती, प्रशिक्षक कानुनी शाखा प्रमुख लोक बहादुर गोले,विद्यालयका प्रधानाधयापक, विद्यार्थी , मेलमिलापकर्ता,संघसंस्थाका प्रतिनिधि लगायत सरोकारवाला निकायहरुको सक्रिय उपस्थिती रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *