फिक्कल गाउँपालिकाद्वारा ११० जना जेष्ठ नागरिकलाई लौरो उपहार प्रदान

सिन्धुली/जिल्लाको फिक्कल गाउँपालिकाले आज एक औपचारीक कार्यक्रम बिच ११० जना जेष्ठ नागरिकलाई लौरो उपहार प्रदान गरी सम्मान गरेको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकाको एक लाख रुपैयाँ विनियोजीत बजेटबाट सामाजिक सुरक्षा भत्ता बुझ्ने जेष्ठ नागरिकहरुलाई गाउँपालिकाले सम्मान गरेको हो ।
पालिकाको अनुसार वृद्धवृद्धालाई वरपरका बजार बाटो घाटो लगाएतका ठाँउमा हिडडुल गर्ने साहारा होस् भन्ने उद्देश्यले लौरो वितरण गरिएको हो ।

गाउँपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष पालिकाका जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै आएको छ । लौरो पाए पस्चमत वृद्धवृद्धाहरुले पालिकालाई धन्यवाद दिदैँ आफुहरुलाई खुशी लागेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *