चट्याङ लागेर दुईजना घाईते

सिन्धुली/सिन्धुलीको मरिण गाउँपलिका २ सामरी बेसारडाँडामा चट्याङ लाग्द २ जना घाईते भएका छन् ।
घाईते हुनेमा उक्त पालिकाका शोभा सिँह जिम्बाको श्रीमति बर्ष अ.४२ फुलमाया जिम्बा र निजको छोरी बर्ष १० की साङ्ग्री माया जिम्बा रहेका छन् ।
साङ्ग्री माया जिम्बालाई गोठमा काम गरी रहेको अबस्थामा चट्याङ लगेको थियो । भने उनको अबस्था सामान्यर रहेको र हिँडडुल गर्न सक्ने अवस्था रहेको छ ।
त्यस्तै फुलमाया जिम्बाको दुबै खुट्टा र शरीरका बिभिन्न भागमा चोट लगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख लालध्बज सुबेदीले जानकारी दिनुभयो ।
दुबैलाई उपचारको लागि कपिलाकोट ल्याइएको थियो । सामान्य उपचार पस्चात थप उपचार को लागि आमा र छोरीलाई जिल्ला अस्पताल पठनईएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया