चपौलीमा अचार बनाउने १५ दिने तालिम सुरू

सिन्धुली/सिन्धुली जिल्लाको कमलामाई नगरपालिका ३ चपौलीमा १५ दिने अचार बनाउने तालिम सन्चालन भएको छ ।
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीको आयोजनामा आजबाट सुरु भएको उक्त तालिम असार ५ गते सम्म सिन्धुली कलाघरमा सन्चालन हुने छ ।
उद्योग वाणिज्य कार्यलय सिन्धुलीका कार्यलय प्रमुख धुर्ब ढकालको अध्यक्षता तथा कमलामाइ नगरपालिका ३ चपौलीका वडाअध्यक्ष खड्ग प्रसाद चौँलागाइको प्रमुखमा आतिथ्यता कार्यक्रमको उद्धघाटन गरीएको हो ।
तालिममा कलाघरमा आवद्ध कलाकारहरु र कमलामाई नगरपालिका ३ चपौलीका स्थानीय वासीहरु २५ जानको सहभागिता रहेको छ ।
तालिममा सहभागिहरुलाई दक्ष प्रशिक्षकहरुद्धारा विभिन्न स्थानिय खानेकुरा तथा अन्य विभिन्न किसीमका दर्जनौँ अचारका परिकार सम्बन्धी सीप प्रदान गरिने छ ।
कलाघर अवलोकन कर्ताहरुलाई, सँगै सिन्धुलीगढी आउने पर्यटकलाइ लक्षित व्यबसायिक अचार कोसेली प्रयोजन लक्षित तथा सीपको क्षमता अभिबृद्धिको लागि तालिम संचालन गरिएको आयोजक उद्योग तथा वाणिज्य कार्यलय सिन्धुलीले जनाएको छ ।