मोटरसाइकल र अटोको ठोक्किँदा ६ जना घाइते

सिन्धुली/जिल्लाको मदनभण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका ९ खोरभञ्याङमा मोटरसाइकल र अटो एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्।
सुनसरी तर्फ जादै गरेको ज ११ प २०५९ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको प्र२–०१–००१ ह १००६ नम्बरको अटो एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा ६ जना घाईते भएका हुन् ।
घाईते हुनेमा सुनसरी रामधुनी नगरपालिका ५ बस्ने वर्ष २५ बर्षीय मोटरसाईकल चालक अनमोल लिम्बु, पछाडी सवार सोहि ठाउँका २७ बर्षीय सागर राई रहेका छन् भने अटोमा सवार भारतको जिल्ला मोटिहारीग्राम रामपुर बस्ने २७ बर्षीय अरुण पण्डित, धनुषाको नगराईन नगरपालिका ५ बस्ने ३५ बर्षीया अनिता देवी, उनको १२ बर्षीय छोरा अभिमन्यु शाह र महोत्तरीको मठियानी नगरपालिका ४ बस्ने २५ बर्षीया संगिता कुमारी शाह रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले बताउनु भयो।
घाईते ३ जनाको दुधौली नगर अस्पताल सिर्थौली र ३ जनाको हेन्स अस्पताल दुधौलीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाईते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । अटो र मोटरसाईकललाई प्रहरी चौकी दुधौलीले नियन्त्रणमा लिएको प्रहरी जानकारी दिएको छ।