पत्रकारको सुरक्षमा राज्य, नागरिक समाज र मिडियाको भूमिका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिन्धुली/पत्रकारको सुरक्षमा राज्य, नागरिक समाज र मिडियाको भूमिका बिषयमा अन्तरक्रिया कार्यक्रम आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।
प्रेस सेन्टर नेपाल बगमती प्रदेश समितिको आयोजना तथा बागमती प्रदेश सरकार आन्तरिक मामीला तथा कानून मन्त्रालयको साझेदारीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
संगठनको अध्यक्ष ध्रुब अधिकारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाको प्रमुख आतिथ्यामा कार्यक्रम गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले पत्रकारिता संवेदनशील तथा जोखिमपूर्ण पेशा भएको उल्लेख गर्दै पत्रकारले कलम चलाउदा आफ्नो धर्म छोड्न नहुने बताउनु भयो ।
त्यस्तै सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले तिनकुने घट्नामा ज्यान गुमाएका पत्रकार सुरेस रजकको छानबिनको प्रक्रिया अगाडी बढेको बताउनु भयो ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष विमला पाण्डेले समाचार संकलनमा खटिने पत्रकारहरुको सुरक्षाको जिम्मेवार राज्यले लिनुपर्ने उल्लेख गर्दै सुरेश रजक हत्याकाण्डमा राज्य अझ गम्भीर भएर लाग्नु पर्ने बताउनु भयो ।
त्यस्तै कार्यक्रमका अध्यक्ष प्रेस सेन्टर नेपाल बागमती प्रदेशका अध्यक्ष ध्रुव अधिकारीले दक्ष पत्रकार उत्पादन गर्न जोड दिनुपर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा शिक्षक महासंघ सिन्धुलीका अध्यक्ष विष्णु प्रसाद फुयाल, उद्योग वाणिज्य संघका सचिव प्रकास काफ्ले, नेपाल पत्रकार महासंघ सिन्धुलीका सचिव नविनबाबु अधिकारी, प्रेस चौतारीका अध्यक्ष बिनय दाहाल मन्तव्य राख्नु भएको थियो ।
प्रेस सेन्टर सिन्धुलीका अध्यक्ष बुद्ध नेपाली, गैर सरकार संस्था महासंघ सिन्धुलीको सचिव रेशम पोख्रेल, नेपाल प्रहरी सिन्धुलीका प्रहरी निरिक्षक सुनिल प्रसाद चौरसिया, प्रेस युनियका प्रतिनिधि गंगा विशुङ्के, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीका सचिव कल्पना भुजेल, क्रियाशिल महिला पत्रकार सिन्धुलीका सह(सचिव आस्था विक लगायत जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *