कृष्ण सेन `इच्छुक´को स्मृतिमा सिन्धुलीमा दीप प्रज्वलन

सिन्धुली/प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति सिन्धुलीले कृष्ण सेन `इच्छुक´ को २३ ओैं स्मृति दिवसको अबसरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका आदर्श व्यक्तित्व र क्रान्तिकारी नेता इच्छुकको सम्झना र सम्मानमा प्रेस सेन्टर नेपाल सिन्धुलीले दीप प्रज्वलन गरेको हो ।
दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिका महासचिव नवीन श्रेष्ठले कृष्ण सेन `इच्छुक´ ले जनताको आवाज बोलिदिएको कारण तत्कालिन निरञ्कुश साहि सत्ताले नियन्त्रणमा लिई निर्मतापुर्वक हत्या गरेर जनताको आवाज बन्द गर्न खोजेको तर `इच्छुक´को पद पच्छ्याउदै हजारौं पत्रकार लामवद्ध भएको वताउनु भयो ।
इच्छकले अवलम्बन गर्नु भएको जनपक्ष पत्रकारलाई मार्गदर्शन बनाएर प्रेस सेन्टर नेपालमा हजारौं श्रमजीवी पत्रकार लामबद्ध भएको महासचिव श्रेष्ठले वताउनु भयो ।
दीप प्रज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका निवर्तमान सचिव तथा प्रेस सेन्टर नेपालका नेता राजन गाउँले, प्रेस सेन्टर नेपाल सिन्धुलीका पदाधिकारि तथा सदस्यहरूको उपस्थित रहेको थियो । कार्यक्रम सञ्चालन प्रेस सेन्टर सिन्धुलीका अध्यक्ष वुद्ध नेपालीले गर्नु भएको थियो ।
प्रेस सेन्टर नेपालले देशैभर विभिन्न कार्यक्रम गरेर कृष्ण सेनलाई सम्झिएको छ ।
माओवादी जनयुद्धका बेला नेकपा माओवादीले सञ्चालन गरेको मुखपत्र जनादेश साप्ताहिक र जनदिशा दैनिकका सम्पादक इच्छुकको जन्म २०१३ कात्तिक ३ गते भारतको देहरादुनमा भएको थियो ।
सेनको पुख्र्यौली थलो अर्घाखाँची जिल्लाको जलुके हो । सामान्य लाहुरे परिवारमा जन्मेका इच्छुकले आफ्नो जनसाहित्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गर्नु भएको थियो ।
बहुआयामिक व्यक्तित्वका धनी इच्छुक एक जुझारु जनपत्रकार तथा प्रगतिशील साहित्यकार हुनुहुन्थ्यो । उहाँको साहित्यिक रचनाले तत्कालीन नेपाली समाजको मथिंगल हल्लाइदिएको थियो भने शासकको निदहराम गरिदिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *