कनपा–५ पूर्ण खोप सुनिश्चितता तथा दीगोपना वडा घोषणा

सिन्धुली/कमलामाई नगरपालिका वडा नं.५ लाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना वडा घोषणा गरिएको छ । कमलामाई नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम गरि उक्त वडालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना वडा घोषणा गरीएको हो ।
“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिवद्धता“ भन्ने मूल नाराका साथ स्थानीय तहहरुलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्ने अभियान अन्तर्गत अहिले वडास्तरीय पूर्ण खोप घोषणा कार्यक्रम सन्चालन भैरहेको छ । जस अन्तर्गत आज कमलामाई नगरपालिका वडा नं. ५ का अध्यक्ष पूर्ण बहादुर खड्काको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा पूर्ण खोप घोषणा गर्न खोप कार्यक्रममा सेवा पुर्याउने खोप कार्यकर्ता, स्वयंसेविका र विद्यालय नर्सलाई प्रशंसा–पत्र प्रदान गरि सम्मान गरिएको छ । हरेक वर्ष सरकारबाट तोकिएका निश्चित मापदण्डहरु पूरा गरेर स्थानीय तहहरुलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्नुपर्ने प्रावधान अनुसार यहाँका पालिका अन्तर्गतका वडाहरु धमाधम यहि अभियानमा जुटेका छन् ।