सिन्धुली दलित महिला संघको अध्यक्षमा बर्माशाखा सर्वसहमत चयन

सिन्धुली/शुक्रबार भएको दलित महिला संघ एफईडिओ सिन्धुलीको अध्यक्षमा शान्ता कुमारी बर्माशाखा सर्वसहमत निर्वाचित हुनुभएको छ ।

सिन्धुलीमाढीमा आयोजित दलित महिला संघको पहिलो अधिवेशनबाट बर्माशाखाको अध्यक्षतामा ११ सदस्यीयको कार्यसमिती चयन गरिएको हो ।

दलित महिला संघ केन्द्रिय कार्यालय ललितपुरको आयोजनामा भएको प्रथम अधिवेशनबाट उपाध्यक्षमा अविना बिश्वकर्मा, सचिवमा सिता बिक, कोषाध्यक्षमा गंगा विसुंके, सहसचिवमा आस्था बिश्वकर्मा चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा तुलसा बयलकोटी, मैया सार्की, रेखा परियार, बिनिता मंग्राती, सर्मिला बिक, सिता बिश्वकर्मा (रसाईली) चयन हुनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ जिल्ला समन्वय समिती सिन्धुलीका उप–प्रमुख शान्ता कार्कीले स्थानिय सरकार मात्रै नभई प्रदेश तथा संघिय सरकार समक्ष दलित महिलाहरुको हक अधिकारको सुनिश्चत गर्नको लागि यस दलित महिला संघले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बिश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै दलित महिलाहरुको हक अधिकार तथा सामाजिक, राजनितीक गतिविधीहरुमा सशक्त बनाउनका लागि देशका ७ वटै प्रदेशहरुमा दलित महिला संघले सकृय रुपमा काम गरिरहेको दलित महिला संघ  बागमती प्रदेश अध्यक्ष पवित्रा बिश्वकर्माले बताउनुभयो ।

दलित महिला संघले अहिले देश भर नै दलित महिलाहरुलाई सशक्त बनाउन विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । दलित महिला संघ बागमती प्रदेशका अध्यक्ष पवित्रा बिश्वकर्माको अध्यक्षतामा तथा जिल्ला समन्वय समिती सिन्धसलीका उप–प्रमुख शान्ता कार्कीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा जिल्लाका दतिल महिला, दलित संघ संस्थाका प्रतिनिधि लगाएत पत्रकार हरुको उपस्थिति रहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *