९ महिनामा करदाता सेवा कार्यालय सिन्धुलीको राजस्व ३३ करोड

सिन्धुली/करदाता सेवा कार्यालय सिन्धुलीले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ३३ करोड रुपैयाँ राजस्वा संकलन गरेको छ । चालु आर्थिक बर्ष २०८१/८२ को ९ महिनामा कार्यालयले उक्त राजस्व रकम संकलन गरेको हो ।
करदाता सेवा कार्यालय सिन्धुलका प्रमुुख मनोज कुमार न्यौपानेका अनुसार सिन्धुलीमा हाल ३५ हजार ५५० करदाताहरु रहेका छन् । सबै भन्दा धेरै व्यक्तिगत करदाताको संख्य रहेको कार्यालयले जनाएकोछ । कार्यालयले २०८१८२ मा ९५ करोड राजस्व उठाउने लक्ष्य राखेकोमा चैत्र मसान्तसम्म ३३ करोड मात्र राजस्व संकलन गरेको छ । करदाताहरुले तिर्नुपर्ने कर समयमै तिरेको अवस्थामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकिने कार्यालयका प्रमुख मनोज कुमार न्यौपानेले बताउनुभयो ।
प्रत्येक बर्ष कुनै पनि व्यवसाय, फर्म वा व्यक्तिले असोज मसान्त सम्म कर तिर्नुपर्ने नियम रहेको छ । कर समयमा तिर्नका लागि कार्यालयले सवै करदाताहरुलाई सामाजिक सन्जालमा सूचना प्रकाशन गरेर, कार्यालयमा सूचना टाँसेर तथा विभिन्न सचेतनामूलक कार्यक्रमहरु सन्चालन गरेर सचेत गराइरहेको छ । तोकिएको समयमा नै कर तिरेर असल करदाताको पहिचान दिन कार्यालयले सवैलाई आग्रह गरेको छ । आफूले तिर्नुपर्ने कर जसरी पनि तिर्नैपर्ने हुनाले समयमै तिरेर थप शुल्क तिर्नबाट जोगिन करदाताहरु सचेत हुनुपर्छ ।