उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा श्रेष्ठ निर्वाचित, अधिकांस पदमा युवाको वर्चस्व

सिन्धुली/उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा अर्जुन कुमार श्रेष्ठ विजयी हुनुभएको छ । मंगलबार सम्पन्न निर्वाचनमा राजकुमार श्रेष्ठलाई पराजित गर्दै श्रेष्ठ दोश्रो कार्यकालको लागि निर्वाचित हुनुभएको हो ।
अध्यक्ष पदका लागि श्रेष्ठले ५९७ मत प्राप्त गरेर विजयी हुनुभभएको हो भने वहाँका प्रतिष्पर्धी राजकुमार श्रेष्ठले ३८८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै संघको बरिष्ठ उपाध्यक्षमा युवा व्यवसायी देवनारायण श्रेष्ठ बिजयी हुनुभएको छ । वहाँले बिरवल चौधरीलाई पराजित गर्दै बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । श्रेष्ठले ४९५ मत ल्याएर विजयी हुँदा पराजित चौधरीले ४५१ मत प्राप्त गनुभयो ।
आगामी ३ वर्षका लागि भएको निर्वाचनबाट वस्तुगत उपाध्यक्षमा रामकुमार राजभण्डारी निर्वाचित हुनुभएको छ । त्यस्तै उद्योग उपाध्यक्षमा रामभक्त श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा नवीन श्रेष्ठ, शाखा उपाध्यक्षमा नरेन्द्र कुमार कर्मचार्य र महिला उपाध्यक्षमा टिका कुमारी थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।
अधिकांसको चासोको विषय बनेको महासचिव पदमा भने प्रतिद्धन्द्धी मेघ बहादुर कार्कीलाई भारी मतले पराजित गर्दै बासु भेटवाल विजयी हुनुभएको छ । भेटवालले ६४६ मत प्राप्त गर्दा कार्कीले २६६ मत प्राप्त गर्नुभएको छ । उपमहासचिव पदमा स्वतन्त्र उमेद्वार नेत्रजंग थापा बिजयी हुनुभएको छ । अर्जुन कुमार श्रेष्ठ प्यानलका उमेद्वार युवराज श्रेष्ठलाई पराजित गर्दै थापा बिजयी हुनुभएको हो । थापाले ४३० मत प्राप्त गर्दा पराजित श्रेष्ठले ३७४ मत प्राप्त गर्नुभयो । उपमहासचिव पदमा त्रिपक्षिय भिडन्त भएको थियो । जसमा अर्का उमेद्वार सोनी कुमारी झा ले १०४ मत प्राप्त गर्नुभएको छ ।
महिला सचिवमा ५४१ मत ल्याएर सिर्जना श्रेष्ठ निर्वाचित हुनुभएको छ भने उद्योग सचिवमा प्रकाश काफ्ले र वाणिज्य सचिवमा गोबिन्द खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । संघको नयाँ कार्यसमिकिो कोषाध्यक्ष पदमा विष्णु कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा लाल मान तामाङ, आजिवन सदस्यमा दिगम्वर चौधरी, एसोसियट सदस्यमा शाह आलम साफी तथा महिला सदस्यमा शुशिला श्रेष्ठ र ललिता न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ । आगामि तीन वर्षका लागि निर्वाचित यो कार्यसमितिले व्यवसायी, उद्योगीहरुको पक्षमा प्रभावकारी काम गरेर मन जित्ने निर्वाचित अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताउनुभयो । उद्योगी तथा व्यवसायीहरुको मन बिझाउने काम गर्न आफूलाई कसैले पनि प्रोत्साहित नगरोस भन्ने आफ्नो चाहाना रहेको वहाँले प्रष्ट पार्नुभयो ।