क्रिकेट खेलमा तीनपाटन फाईनलमा

सिन्धुली/खेलकुद महोत्सबमा आज भएको क्रिकेट खेलमा मरिण गाउँपालिकालाई  १५५ रनको अन्तरले हराउँदै  तीनपाटन गाउँपालिका फाइनलमा प्रवेश गरेको छ ।

जसमा पहिलो ब्याटिङ गर्दै तीनपाटन  गाउँपालिकाले २० ओभरमा  ३ विकेट गुमाएर २४५ रन को विशाल टार्गेट सेट  गरेको थियो ।उक्त टार्गेट पूरा गर्ने क्रममा मरीण गाउँपालिकाले १७।४ बलमा १० विकेट गुमाउँदै ९० रन मात्र बनाएको थियो । यस प्रतियोगिताबाट तिनपाटन गाउँपालिका फाइनल प्रवेश गरेका छ । फाइनलमा तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिका बीच प्रतिस्पर्धा हुने छ ।
खेलकुद महोत्सवमा फुटबल, क्रिकेट, ब्याडमिन्टन,  म्याराथन र बक्सिङ लागायतका खेलहरु हुने छन् । जसमा ९ ओटै पालिकाका खेलाडीहरू सहभागी हुनेछन् । भोली बिहान ७ बजे बाट खेलहरु सञ्चालन हुने आयोजक टिमले जानकारी दिएको छ । खेल महोत्सब बिहीबार बाट सुरु भएको थियो उक्त महोत्सब १३ गते सम्म संचालन हुने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *