विद्यालय यातायात सुरक्षका निम्ति छलफल

सिन्धुली/शुक्रबार प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले सवारी चालक रहेका विद्यालयका प्रधानाध्यापक तथा शिक्षा क्षेत्रमा सरोकार राख्ने निकायहरु र सुरक्षाकर्मीहरु संग विशेष बैठक राखेका छन्।

बैठकमा विद्यालय यातायात सेवामा देखिएका समस्यालाई मध्यनजर गर्दै सवारी दुर्घटना न्यूनीकरणका कसरी गर्ने भन्ने विषयमा छलफल गरिएको हो।

उक्त कार्यक्रममा बोल्दै जिल्ला अधिकारी ले विद्यालय भ्रमण, बनभोज जादा चालकले मद्यपान सेवन गर्दा धेरै दुर्घट्ना हुने भएकाले बनभोज भ्रमणमा जादा विशेष ध्यान दिन विद्यालयका प्रधानाध्यापक हरुलाई आग्रह गर्नु भएको छ ।र विद्यालयका सवारी चालकले ट्राफिक नियमको पालना गरेको छ कि छैन, विद्यार्थी सुरक्षाका विषयमा बेलाबेला अनुगमन पनि गरिरहेको शर्माले बताउनु भयो।

सम्भावित दुर्घटनालाई न्युनिकरण गर्न विद्यालय, सुरक्षा निकाय, अभिभावक लगायत सम्बन्धित सरोकारवालाहरुबिच समन्वय गरेर विद्यालय बसका चालक र विद्यार्थीहरुमाझ सचेतनामुलक कार्यक्रमहरु नियमित रुपमा संचालन गर्ने, बसहरूको प्राविधिक परीक्षण, विद्यार्थीहरूको सुरक्षासम्बन्धी सचेतना, आवश्यक स्थानमा जेब्रा क्रसिङ र ट्राफिक चिन्हको व्यवस्था गर्ने निर्णय गरिएको छ ।

यस्तै जिल्लामा ६०७ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरू छन् । शिक्षा विकास तथा समन्वय इकाई, सिन्धुलीका प्रमुख निर्मल कुमार घिमिरेकाअनुसार हाल जिल्लामा ६० वटा विद्यालय बसहरू सञ्चालनमा छन्, जसले ४० वटा संस्थागत तथा सामुदायिक विद्यालयहरूमा सेवा प्रदान गर्दै आइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *