नेपाल रेडक्रस साेसाईटी शिद्ववावा उपशाखा कमलामाई नपा-४ काे सभापतिमा बहोरा

सिन्धुली/नेपाल रेडक्रस साेसाईटी शिद्ववावा उपशाखा कमलामाई नपा-४ काे सभापतिमा सन्तोष कुमार बहोरा सर्वसहमत निर्वाचित हुनुभएको छ । आज भएको साताै वार्षिक साधारण सभा तथा तेस्राे अधिवेशनबाट वहोराको अध्यक्षतामा ११ सदसीय कार्यसमिति सर्वसहमत चयन भएको हो ।

उपसभापतिमा दुर्गालक्ष्मी श्रेष्ठ, सचिवमा गाेपालकुमार देवकाेटा,
सह-सचिवमा उद्दव थापा, कोषाध्यक्षमा देवानन्द श्रेष्ठ र सह-कोषाध्यक्षमा धनकुमारी श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरूमा कृष्णप्रसाद वराल, भक्तहरि घिमिरे, कुमारी सीता भुजेल, मन्दिरा अधिकारी र रविमान रहेका छन् ।

विनाेदकुमाझर श्रेष्ठकाे सभापतित्व तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीकाे सभापति अशाेक श्रेष्ठकाे प्रमुख आतिथ्यमा भएको  साताैं वार्षिक साधारण सभा तथा तेस्राे अधिवेशनमा सिन्धुली वहुमुखी क्याम्पसकाे सन्चालक समितिकाे सदस्य तथा रेडक्रसका आजिवन सदस्य कृष्णप्रसाद दाहाल, उद्योग वाणिज्य संघ सिन्धुलीकाे महासचिव रामकुमार राजभण्डारी, समाजसेवी टीकावहादुर श्रेष्ठलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *