इभि गाडी दुर्घटनामा परी एक जनाको मृत्यु

सिन्धुली/जिल्लामा शुक्रवार बिहान इभि गाडी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बिपी राजमार्ग अन्तर्गत गोलञ्जोर गाउँपालिका ५ सोलाभज्याङ नजिकै दुर्घटनामा परि एक जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका छन् ।

एक जनाको अवस्था गम्भीर रहेको छ । झापाबाट काठमाणडी जाँदै गरेको बागमती प्रदेश ०१–०३०–च. ९६४२  नम्बरको इभि गाडी आफै अनियन्त्रित सडकबाट ४०० मिटर तल खस्दा दुर्घटनामा परि चालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको उपचारको क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनामा परी गम्भीर घाइते हुनेमा मोरङको लेटाङ नगरपालिका २ का ३४ वर्षीय देवि लिम्बुको रहेको छ । र काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका ५ थली बस्ने २८ बर्षिया श्वेता गिरी, सोही ठेगाना भएका २८ वर्षीय संजय रोक्का, झापा बाह्रगढी गाउँपालिका १ का २७ वर्षीय किस्कु मण्डल र इलाम देउमाई नगरपालिका ८ बस्ने ५३ वर्षीय सन बहादुर तामाङ घाइते हुनु भएको छ। उहाँहरूको सिन्धुली अस्पतालमा उपचार भई रहेको काफ्लेले जानकारी दिनु भयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *