तेस्रो नेशनल प्याब्सन स्पोट मिट २०८१ समापन
सिन्धुली/राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) सिन्धुलीको आयोजना भएको तेस्रो नेस्नल प्यावसन स्पोट मिट २०८१ को आज एक कार्यक्रम बिच समापन गरिएको छ ।
माघ १६ गतेबाट संचालन भएको कायक्रम नेशनल प्याब्सन सिन्धुलीका अध्यक्ष सोनाम बज्युको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रीय पुर्व अध्यक्ष कर्ण शाहिको प्रमुख आतिथ्यतामा भएको हो । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) सिन्धुलीको आयोजना भएको जिल्ला स्तरीय खेलकुद प्रतियोगितामा २९ निजी विद्यालयको सहभागिता रहेको थियो ।
प्रतियोगिताको पहिलो दिन प्रभातफेरी, म्यारथन, दौड र जुनियर तर्फको सबै खेलहरु खेलाईएको थियो । दोस्रो दिन मिडल खेलहरु भलिवल र अन्तिम दिन सिनियर तर्फको भलिवल खेल भएको थियो । आज समापन कार्यक्रमको अवसरमा खेलमा सहभागि विद्यार्थीलाई पुरस्कार, शिल्ड, मेडल र प्रमानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीका पुर्व अध्यक्ष कर्ण शाहिले खेल क्षेत्रबाट विद्यार्थीहरुको ओलम्पीक स्तरको खेल खेल्ने समेत सम्भावना हुने बताउनु भयो । र भोलिका दिनमा प्रतियोगितामा भाग लिने खेलाडिहरुलाई अगि बढ्न अझ धेरै सहयोग पुग्ने जानकारी दिनुभयो ।
खेल जुनियर, मिडल, र सिनियर गरी तिनचरणमा खेलाइएको थियो ।खेल विद्यालय स्तरबाटै राष्ट्रिय स्थरका खेलाडि उत्पादन गर्न र विद्यार्थीलाई खेल प्रति सक्षम बनाउन मर्दत गर्ने उद्देश्यले गरिएको नेशनल प्याब्सन सिन्धुलीका अध्यक्ष सोनाम बज्यु जानकारी दिनुभयो ।