कम्युनिस्ट विचारधारा प्रभावकारी बनाउन प्रशिक्षण आवश्यक : प्रदेश सदस्य वाइबा

सिन्धुली/नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का बागमती प्रदेश सदस्य बज्रध्वज वाइबाले कार्यकर्ताहरुमा कम्युनिष्ट विचारधारा कम हुँदै गएको बताउनुभएको छ ।

माओवादी केन्द्र हरिहरपुरगढी गाउँ कमिटीको प्रथम पूर्ण बैठकमा सम्बोधन गर्दै उहाँले कम्युनिस्ट विचारधारा प्रभावकारी बनाउन कार्यकर्तालाई प्रशिक्षण आवश्यक रहेको धारणा राख्नुभयो । कार्यकर्ताको व्यवहारमा कम्युनिस्टपन नदेखिएकोले प्रशिक्षण आवश्यक रहेको उहाँको भनाइ छ ।

आइतबार माओवादी केन्द्र हरिहरपुरगढी गाउँ कमिटीको प्रथम पूर्ण बैठकमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘माओवादी केन्द्रका कार्यकर्तालाई कम्युनिस्ट सिद्धान्तमा पोख्त बनाउन जरुरी भएको छ । त्यसैले पार्टीमा तत्काल राजनीतिक तथा वैचारिक प्रशिक्षण चलाउनुपर्छ ।’ अरुको जस्तो एक दिन बैठक बसेर माओवादीको क्रान्ति सफल नहुने वाइबाको भनाई छ । पार्टी क्रान्तिकारी हो भन्ने तर चेतनाको बीउ रोप्न नसिकाउनेहरु क्रान्तिकारी कम्युनिष्ट हुन नसक्ने वाइबाको कथन छ ।

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका वाइबाल चेतनाको बीउ नरोपेसम्म कम्युनिस्ट पार्टी शक्तिशाली बन्न नसक्ने तर्क गर्नुभयो । वैचारिक लडाइँको गतिलो हतियार नै प्रशिक्षण भएकोमा जोड दिँदै उहाँले आफ्ना नेता कार्यकर्तालाई उक्त हतियार दिनुपर्ने बताउनुभयो । हालै निर्वाचित हरिहरपुरगढी गाउँ कमिटीलाई समयसँगै अपग्रेट हुन वाइबाले सुझाव दिनुभयो । उहाँले चेतनाविना विकास सम्भव नभएकोले कर्यकर्ता अध्ययनशील हुन पनि जरुरी रहेको बताउनुभयो । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य समेत रहनुभएका वाइबाले हरिहरपुरगढी गाउँ कमिटीको कार्यालयका लागि एक लाख रुपैयाँ बराबरको पुस्तकालय र आवश्यक सामग्री उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *