अविभावक बिहिन बालबालिकालाई गाउँपालिकाले संरक्षण दिने

सिन्धुली/सिन्धुलिको गोलन्जोर गाउँपालिकामा आमा बुबा विहिन बालबालिकालाई संरक्षण कार्यक्रम लागु हुने भएको छ । गाउँपालिकाको आ.व. २०८१/०८२ को प्रदेश स्तरीय स्वीकृत बार्षिक कार्यक्रम अनुसार अविभावक बिहिन बालबालिकालाई संरक्षण कार्यक्रम लागु हुने भएको हो ।
आमा बुबा दुबैको मूत्यु भएको वा दुबै बेपत्ता भएको वा दुबैको संरक्षण र रेखदेखबाट बन्चित भइ अरुको संरक्षणमा रहेका बालबालिकालाई कार्यक्रममा सहभागी गराउने गाउँपालिले एक सुचना जारी गदै जानकारी दिएको हो ।
आगामी २०८२ असार मसान्ता सम्म १८ बर्ष उमेर पुरा नहुने बालबालिकाको शिक्षा स्वास्थ्य र पोषण सुनिश्चिता सामाजिक संरक्षणको लागि भत्ता प्राप्त गर्न योग्य बालबालिकालाई वा निजको संरक्षण वा स्याहार सुसार गर्ने व्यक्तिले गाउँपालिका वा सम्वन्धित वडा कार्यालयमा माघको ८ गते सम्म जन्मदर्ताको प्रमाण पत्रको प्रतिलिपी, नेपालि नागरीकताको प्रमाण पत्रको प्रतिलिपी, आमा बुबा दुबैको मूत्युदता प्रमाण पत्रको प्रतिलिर्पी वा आमा बुबा दुबै बेपत्ता भएको वा दुबैको संरक्षणर रेखदेखबाट बन्चित परेको उल्लेख भएको प्रमाणीत कागजात, विद्यालय भर्ना भई नियमीत विद्यालय जाने गरेको सिफारीस पत्र (५ बर्ष उमेर पुरा गरेको हकमा मात्र), संरक्षकको नागरीकता प्रतिलिपी सम्वन्धित बालबालिकाका संरक्षक हो भनि वडाको सिफारिस पत्र बुझाउन गाउँपालिकाले अनुरोध समेत गरेको छ ।
आवेदन फारम सम्वन्धित वडा कार्यलयबाट उपलब्ध गराइने छ र थप । जानकारीको लागी महिला बालबालिका शाखामा सम्पर्क गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-content']